आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • काँग्रेस नेताहरुको अभिव्यक्तिपछि विच्किएका ‘प्रचण्ड’ एकाबिहानै हानिए सुर्खेततिर !
समाचार

काँग्रेस नेताहरुको अभिव्यक्तिपछि विच्किएका ‘प्रचण्ड’ एकाबिहानै हानिए सुर्खेततिर !

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार कर्णाली प्रदेशमा कार्यकर्तालाई प्रशिक्षण दिने भएका छन् ।

‘प्रचण्ड’को सचिवालय स्रोतका अनुसार शुक्रबार बिहानै उनी सुर्खेततर्फ प्रस्थान गरेको छन् । उनले आज कर्णाली प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने र प्रशिक्षण दिने जनाइएको छ ।

विज्ञापन

माओवादी केन्द्रले स्थानीय तह निर्वाचन लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रम थालेको छ । अध्यक्ष ‘प्रचण्ड’ले बुधबार बागमती प्रदेशका कार्यकर्तालाई प्रशिक्षण दिएका थिए।

विज्ञापन

‘प्रचण्ड’ सुर्खेतबाट आजै काठमाडौं फर्किने उनको सचिवाले जनाएको छ । अध्यक्ष प्रचण्ड काँग्रेस नेताहरुको अभिव्यक्तिसँग असन्तुष्ट बन्दै आएका छन् ।

पछिल्लो समय माओवादी एक्लै चुनाव लड्न सक्षम रहेको बताउँदै प्रचण्ड पार्टी संगठनको काममा ब्यस्त रहेका छन् ।

उनले एक कार्यक्रममा सत्ता गठबन्धन दल नेपाली कांग्रेसलाई आफूहरुले नै सिंहासनमा पुर्याएको भन्दै आफूहरुलाई धेरै गाली नगर्न चेतावनीसमेत दिएका थिए ।

त्यसअघि नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने भन्दै काँग्रेसलाई हात्ति र गठबन्धनका अन्य दललाई चमेरेको संज्ञा दिएका थिए ।

उनले भनेका थिए – ‘काँग्रेस हात्ति हो । चमेरोहरु ओत लाग्न खोज्दैछन् । चमेरोले हात्तिको कान दुर्गन्धित बनान खोज्दैछन् ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस