मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • एमालेलाई हरियो चिन्हदेखि किन डर ? औचित्य पुष्टि गर्न आयोगलाई चुनौती
समाचार

एमालेलाई हरियो चिन्हदेखि किन डर ? औचित्य पुष्टि गर्न आयोगलाई चुनौती

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पार्टीको महिला संगठनले गरेको कार्यक्रममा महिला मुक्तिको मात्र कुरा गरेनन् । उनले आफ्नो दलको विरुद्धमा अदालत, सभामुख सरकार मात्र नभई निर्वाचन आयोगसमेत लागिपरेको आरोप लगाए । ओलीले आयोगलाई यस्तो आरोप लगाउनुको कारण थियो, आयोगले आगामी चुनावमा हरियो रङको चुनाव चिन्ह छाप्ने निर्णय । आयोगको सो निर्णय आफ्नो दललाई मान्य नहुने र त्यसबारे निर्वाचन आयोगसँग छलफल गर्ने ओलीले बताएका थिए ।

 

विज्ञापन

ओलीको यो टिप्पणीको आयोगले प्रतिरक्षा गरेको छ । अघिल्ला चुनावहरूमा पनि हरियो रङको चुनाव चिन्ह प्रयोग गरेको आयोगको भनाई छ । कालो, निलो, हरियो रातो सबै प्रकारका रङहरू यसअघिका चुनावमा प्रयोग भएको बताउँदै आयोगले मतपत्रमा हरियो चिन्ह राख्नु प्राविधिक कारण भएको दाबी गरेको छ ।

विज्ञापन

यता एमालेले आयोगको सो निर्णयको औचित्य पुष्टि गर्न चुनौती दिएको छ । चुनावको मुख्य सरोकारवाला पक्ष राजनीतिक दल भएकोले राजनीतिक दलहरूसँग परामर्श नगरी एकतर्फी रूपमा आयोगले कुनै निर्णय गर्न नहुने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको धारणा छ ।

आयोग स्वतन्त्र संवैधानिक निकाय भएकोले उसले गरेको निर्णय राजनीतिक दलहरूले मान्नुपर्ने काँग्रेसको मत रहेको छ । आयोगले गरेको निर्णयमा राजनीतिक दलहरूको टिप्पणी आवश्यक नरहेको काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन् । चुनाव चिन्ह कस्तो रङको भनेर विवाद झिक्नु भन्दा पनि कम्युनिष्ट पार्टीहरूले बिचार र सिद्धान्त अघि सारेर बहस गर्नुपर्ने उनको तर्क छ ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस