काठमाडौं । उमेरले ३५ वर्ष नाघेपनि अभिनेता बुद्धि तामाङ अविवाहित छन् । सबैजसो पत्रकार सम्मेलनमा उनलाई सोधिने प्रश्न उही हुन्छ- अब बिहे चाहिं कहिले गर्ने ?
बुद्धिको पनि उही उत्तर हुन्छ- बाल विवाहमा परिन्छ कि ।’
विज्ञापन
विज्ञापन
मंगलबार आयोजित फिल्म ‘मन्त्र’को पत्रकार सम्मेलनमा पनि बुद्धिले उही प्रश्नको सामना गर्नुपर्यो । अपेक्षाअनुसार नै उनले उही उत्तर दिए । उनको उत्तरमा अभिनेत्री दीया पुनले हाँसोको फोहोरा छुटाइन् ।
बिहेको प्रश्नलाई उनले हाँसीमजाकमा टारिदिने गरेका छन् । ‘अहिले नै बिहे गरे बालविवाहमा परिन्छ कि भनेर’ उनले ठट्यौली उत्तर यसपटक पनि दिए ।
यसअघि आयोजित ‘कबड्डी ४’ फिल्मको पत्रकार सम्मेलनमा पनि बुद्धिले विवाहको प्रश्नमा यही उत्तर दिएका थिए । शारीरिक बनावटका कारण अहिले पनि आफू १७-१८ वर्ष उमेरको देखिने भन्दै उनले यस्तो बताउने गरेका छन् ।
बुद्धि नेपाली कलाकारितामा ‘हैट’ उपनामले समेत चर्चित छन् । उक्त पत्रकार सम्मेलनमा बिहे कहिले गर्ने भन्ने प्रश्नमा दीयाले चाहिं लगन जुरेपछि भन्ने प्रतिक्रिया दिइन् भने सौगातले आउँदो वर्ष भनेर सञ्चारकर्मीलाई जवाफ दिए ।
फेसबुक प्रतिक्रियाहरु