काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीलाई धुलो चटाउने बताएका छन् ।
उनले भने– केपी ओलीलाई धुलो चटाउनु पर्छ अब । विध्वशंकारी तत्व हुन् यिनी संविधानलाई मान्दैनन, लोकतन्त्रको मर्यादा राख्दैनन् । संसदीय परिपाटीको सम्मान गर्ने चाहादैनन्, यि भनेको एउटा ‘नेगेटिभर्फोस’ हुन यिनलाई जनताले ‘दण्ड’ सजाय दिनुपर्छ । भनेर हामी जनताको माझमा जान्छौं ।
विज्ञापन
हामी ‘लिगल एक्सपेट’मा छलपल गनुपर्छ भन्ने पक्षमा छौं, सर्वोच्चको फैसलालाई पनि सम्मान गनुपर्छ । हाम्रो कानुनी प्रावधानलाई पनि ख्याल गर्नुपर्छ, हामीसंग भएको समय सिमालाई नी विचार गनुपर्छ ।
विज्ञापन
अब उहाँहरुको पनि धारणालाई अझै राम्ररी बुझुनु पर्ने छलफल गर्नु पर्ने आवस्यकता छ ।
तर राम्रो के हुन्थ्यो भन्दा खेरी यसरी संसदलाई अत्यन्तै संकटको अवस्था रहने र् चलन नदिने स्थितिमा बनाउनु । भन्दा त त्यस्तो अवस्थामा हामीले त्यतिकै भत्ता खाई–खाई बरु निर्वाचनमा गयो भने ।
होइन भने पनि स्थानीय तहको चुनाव बैशाख तीस गते टुङ्गो लागिसेको छ, त्यसको तयारीमा हामी लागिसकेका छौं ।
हामी मिलेर चुनावमा जाने तयं गरिसकेका छौं, त्यसमा हामीले अत्यन्तै ठुलो संख्यामा हामी जित्न पनि गइरहेका छौं ।
निर्वाचन चाहाँदैनन होइन, राष्ट्रियसभाको पहिलो निर्वाचनमा सानदार जित हासिल गरेर, निर्वाचनमा सहभागीताबाट हामीले यात्रा सुरु गरेका छौं ।
फेरी दोस्रो पटक भएको राष्ट्रियसभाको पदावादी सकि सकेपछिको निर्वाचनमा पनि सानदार उपसहभागी भएर ।
उनले भने– ‘हामीले १९ ओटा सिट उठाकोमा १८ ओटा सिटमा जितेर हामीले हाम्रो शक्ति र सामर्थलाई देखाइसकेका छौं, चुनावबाट भाग्ने प्रश्न नै छैन् ।
फेसबुक प्रतिक्रियाहरु