काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धैयर्तापूर्वक पार्टीलाई फुटबाट जोगाएको बताएका छन्।
अमेरिकी अनुदान सहायता एमसीसी सम्झौता अनुमोदन गर्दा विभाजनको संघार पुगेको पार्टीलाई संस्थागत रुपमै जोगाएपछि सोमबार साँझ अनुपम फुडल्याण्डमा सञ्चारकर्मीसँग प्रफुल्लित मुद्रामा अध्यक्ष दाहालले भने,
विज्ञापन
‘एमसीसीलाई लिएर जुन समस्या आएको थियो, मिडियामा अति बढी नै अतिरञ्जित गरियो। बडो धैर्यतापूर्वक, विवेकपूर्ण र रचनात्मक ढंगले यसलाई समाधान गर्यौं। पार्टीलाई एकताबद्ध गर्यौं।’
विज्ञापन
अब एउटै कार्यक्रम र भाषा लिएर चुनावमा जाने उनको भनाइ थियो।
आठौं महाधिवेशनको म्याण्डेट विपरीत केन्द्रीय समितिबाट निर्णय नगराएर नेतृत्वले पार्टीलाई एकलौटी रुपमा एमसीसी सम्झौता अनुमोदनमा सहभागी गराएको भन्दै नारायणकाजी श्रेष्ठ समूह असन्तुष्ट बनेको थियो। पार्टीबाट अलग हुनसम्मको विकल्पमा छलफल थालेको थियो।
यही बीचमा अध्यक्ष प्रचण्डले नारायणकाजी एमसीसी विरोधमा बाहिर बोलेकोमा असन्तुष्टि जनाउँदै पार्टी छोडेर गए हुन्छ भन्ने आशयमा अभिव्यक्ति दिएपछि माओवादी दुर्घटनाको डिलमा पुगेको थियो। तर दाहालले आत्मालोचना गरेर स्थितिलाई काबुमा ल्याएका थिए।
उनले एमसीसीका फरक मतलाई केन्द्रीय समितिमा दर्ज गराउँदै असन्तुष्ट समूहलाई पार्टीमै रहने वातावरण बनाएका छन्। साथै वैशाख ३० को स्थानीय तहको निर्वाचन देखाएर एमसीसीको बहसलाई जेठ मध्यसम्म धकेल्न सफल भएका छन्।
फेसबुक प्रतिक्रियाहरु