आइतवार, चैत्र २, २०८१
  • होमपेज
  • समाचार
  • यु’द्धकै बीच विवाह गरेकी युक्रेनी सैनिकले भनिन्ः भोलि के हुन्छ, कसैलाई थाहा छैन !
समाचार

यु’द्धकै बीच विवाह गरेकी युक्रेनी सैनिकले भनिन्ः भोलि के हुन्छ, कसैलाई थाहा छैन !

काठमाडौं । युक्रेनमा रुसले सैन्य आक्रमण जारी राखेको ११ दिन नाघिसकेको छ। पछिल्ला केही दिनयता रुसले आ’क्र’मण अझ तीव्र पारेको छ।

यसैबीच युक्रेनको राजधानी किभको बाहिरी क्षेत्रमा मुलुकको क्षेत्रीय रक्षाबलका एक जोडीले भने यु’द्धकै क्रममा विवाह गरेका छन्। भलेरी फिलिमोनोभ र लिसया इभास्चेन्कोले सैन्य पोसाकमै बिहे गरेका हुन्।

विज्ञापन

वैवाहिक समारोहमा युक्रेनका सशस्त्र सेनाका अन्य जवान र किभका मेयर पनि सहभागी भएका थिए।

विज्ञापन

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २२ वर्षदेखि सँगै बसिरहेका उनीहरु रुससँग जारी यु’द्धमा फ्रन्टलाइनमा रहेर लडिरहेका छन्। रुसले युक्रेनमा आ’क्र’मण सुरु गरेपछि लिसियाले अर्को जागिर छाडेर सेनामा भर्ती भएकी हुन्।

उनले सेनामा भर्ती हुनुभन्दा पहिला भलेरीलाई देखेकी थिइनन्।

विवाह गरेपछि उनले भनिन्, ‘मलाई खुसी लागेको छ कि हामी जीवित छौं। आजको दिनमा मेरा पति जीवित छन् र मसँग छन्।’

उनले भोलि के हुन्छ भन्ने कसैलाई पनि थाहा नभएको भन्दै आज मुलुक र भगवानको अगाडि आफूले विवाह गरेको बताइन्। उनले यो यु’द्धमा युक्रेनको जित हुने विश्वाससमेत व्यक्त गरिन्।

किभका मेयरसहित उपस्थितहरुले नवविवाहित जोडीलाई बधाई दिएका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस