आइतवार, चैत्र २, २०८१
  • होमपेज
  • समाचार
  • संसद् अवराेध गर्नु गैरजिम्मेवार काम : भीम रावल
समाचार

संसद् अवराेध गर्नु गैरजिम्मेवार काम : भीम रावल

काठमाण्डाै । नेकपा एमालेका सांसद भीमबहादुर रावलले निरन्तर संसद् अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलबाड भएको बताउनुभएको छ ।

आज आइतवार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद् भवन पुग्नुभएका सांसद रावलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निरन्तरको संसद् अवरोध जनताको सार्वभौम अधिकारमाथिको खेलबाड भएको बताउनुभएको हो ।

विज्ञापन

उहाँले भन्नुभयाे, ‘यो त नेपाली जनताको सार्वभौम अधिकारमाथिको खेलबाड हो । र यो एकदम अत्यन्त गैरजिम्मेवार काम हो । संसदमा त नेपाली जनताले आफ्नो निर्वाचित जनप्रतिनिधिमार्फत राष्ट्रको स्वाधीनता, स्वतन्त्रता, जनताको जीविका जस्ता महत्त्वपूर्ण विषयमा छलफल होला, त्यसले निकास देला भनेर उनीहरूले अपेक्षा गरेका हुन्छन् र संसद् भनेको देशमा उत्पन्न समस्याहरूको निकास दिने महत्त्वपूर्ण थलो हो ।’

विज्ञापन

सांसद रावलले देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलपत्र पारिएको भन्दै यस्तो गर्नु देशलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको आशङ्का व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘देशको कार्यपालिका, व्यवस्थापिका संसद्, न्यायपालिका सारा अलपत्र गर्ने काम नेपाललाई कमजोर बनाउने कतैबाट सुनियोजित खेल त भइराखेकाे छैन भन्ने कहिलेकाहीँ मनमा शङ्का लाग्छ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस