बुधबार, भदौ ३१, २०८२
  • होमपेज
  • समाचार
  • भीम रावल अनुशासनहीन ढंगले हिरो बन्न खोजिरहेका छन् : ओली
समाचार

भीम रावल अनुशासनहीन ढंगले हिरो बन्न खोजिरहेका छन् : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता भीम रावल अनुशासनहीन ढंगले हिरो बन्न खोजेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘पार्टीको काम कारवाही भन्दा आफूलाई पृथक ढंगले प्रस्तुत गरिरहनुभएको छ । मैले अस्ति हाम्रो संसदीय दलको बैठकमा पनि भनेको थिएँ,

विज्ञापन

आफूलाई व्यक्तिगत तर्फबाट हिरो देखाउन खोज्ने, कुनै पनि बाहनामा चाहे राष्ट्रवाद होस् चाहे लोकतन्त्र होस् वा अरु बाहानामा हाम्रो पार्टीले लिएका नीति सही छन् त्यसको बिरुद्धमा पृथक देखिएर गर्ने क्रियाकलापहरू

विज्ञापन

अनुशासनभित्र पर्दैनन् । भीम रावल हाम्रो पार्टीको सल्लाहकार परिषदको सदस्य हो । उहाँले आत्मकेन्द्रित, आत्मप्रचारक भएर अनुचित र अनुशासनहीन काम गर्दै आउनुभएको छ ।’

त्यसतर्फ पार्टीको ध्यान गएको पनि उनले बताए । नेता रावल एमसीसी विरोधी कार्यमा क्रियाशील रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस