आइतवार, चैत्र २, २०८१
  • होमपेज
  • समाचार
  • नेकपा एमालेका ब’लात्कार आरोपी मुगुका सांसद बानियाँ प्रहरीको फरार सूचिमा
समाचार

नेकपा एमालेका ब’लात्कार आरोपी मुगुका सांसद बानियाँ प्रहरीको फरार सूचिमा

ब’लात्कार आरोपित नेकपा एमालेका समानुपातिक सांसद मोहन बानियाँ प्रहरीको फरार सूचिमा रहेका छन् । जुम्लाकी एक महिलालाई ब’लात्कार गरेको आरोप लागेका मुगुका बानियाँ नेकपा एमाले समानुपातिक सांसद प्रहरीको फरार सूचिमा रहेका हुन् ।माघ १९ गते नेपालगञ्जको एक होटेलमा ब’लात्कार गरेको भन्दै सांसद बानियाँविरुद्ध जुम्लाकी एक पीडित महिलाले माघ २४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् ।बाँके प्रहरीले फागुन २७ जाहेरी दर्ता गरेको थियो । जाहेरी दर्ताको भएको सात दिन अर्थात् फागुन ४ गते जिल्ला अदालत बाँकेले सांसद बानियाँविरुद्ध प’क्राउ पुर्जी जारीसमेत गरेको थियो ।

प’क्राउ पुर्जी जारी भएको झण्डै दुई साता बितिसक्दा पनि सांसद बानियाँ अझै प’क्राउ परेका छैनन् । बाँके प्रहरीले पक्राउका लागि प्रहरी परिचालन गरेको र छिटै प’क्राउ गर्छौं भन्दै आलटाल गरिरहेको पीडित महिलाको गुनासो छ ।पीडित महिलाका अनुसार प’क्राउ पुर्जी जारी भए पनि प्रहरीको फरार सूचिमा रहेका बलात्कार आरोपित सांसद बानिया खुलेआम घुमिरहेको र प्रहरी मूकदर्शक बनेको छ । ब’लात्कार जस्तो जघन्य अपराध गरेका सांसद बानियाँलाई चाडोभन्दा चाँडो प’क्राउ गरी कानुनी दायरामा ल्याउनु पर्ने भए पनि प्रहरीले आलटाल गरेको पीडित पक्षको भनाइछ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्याम अधिकारीले फरार सूचिमा रहेका ब’लात्कार आरोपित सांसद बानियाँलाई १/२ दिन भित्रै प’क्राउ गरिने बताए । ‘प’क्राउ पुर्जी जारी भएपछि आरोपित सांसदले आफै प्रहरी समक्ष उपस्थित भन्नु भएको थियो,’ एसपी अधिकारीले भने, ‘सांसद बानियाँ सम्पर्कमा नआएपछि प’क्राउमा ढिलाइ भएको हो ।’

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस