चितवन ।
नेकपा (एमाले)बाट निर्वाचित माडी नगरपालिकाका अर्का एक वडाध्यक्ष नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । माडी नगरपालिका वडा नं. ७ बाट निर्वाचित वडाध्यक्ष बालकृष्ण सापकोटा नेकपा (एकीकृत समाजवादी) मा खुल्नुभएको हो । एकीकृत समाजवादीले शनिवार चितवनको सौराहामा सम्पन्न गरेको निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रममा सहभागी हुँदै वडाध्यक्ष सापकोटा सो पार्टीमा खुल्नुभएको छ ।
विज्ञापन
यसअघि, नेकपा (एमाले)बाट निर्वाचित माडी-३ का वडाध्यक्ष पुरन महतोसंगै वडा सदस्यहरु नारायण महतो र मनि कुमारी चौधरीले एकीकृत समाजवादीमा सनाखत गर्नुभएको थियो ।
सो समयमा, निर्वाचन आयोगले सनाखतका लागि दिएको समयसीमा गुजारी एमालेमै रहनुभएका वडाध्यक्ष बालकृष्ण सापकोटा माडी(७ का पुराना, सरल र स्थापित कम्युनिष्ट नेता मानिनुहुन्छ ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु