आइतवार, चैत्र २, २०८१
  • होमपेज
  • समाचार
  • चितवन प्रहरीको एक्सन : अहिले सम्मकै ठूलो परिमाणमा अबैध कपडा बरामद
समाचार

चितवन प्रहरीको एक्सन : अहिले सम्मकै ठूलो परिमाणमा अबैध कपडा बरामद

चितवन । चितवनमा ठूलो परिमाणमा कपडा बरामद भएको छ । पूर्वी चितवनको खैरहनी पर्सा बजारमा बुधबार राती २ बजे प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले ८६ पोका कपडा बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चारवटा ट्रकमा ल्याइएको कपडा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वको टोलिले गस्ति गरेको थियो । फलामको छड ढुवानी गरेको ट्रकमा लुकाएर ल्याएको अवस्थामा बरामद गरेको हो ।

विज्ञापन

 

विज्ञापन

 

 

 

वीरगंजबाट हेडौडाहुँदै काठमाडौं लैजादै गरेको कपडाको बिलबिजक नरहेकाले बरामद गरेको चितवन प्रहरी प्रमुख नवराज अधिकारीले बताए । करिब डेढ करोड बराबरको कपडा भएको अनुमान गरिएको छ । प्रहरीले ना ६ ख ११६६ , ना६ ख ११३ , ना ७ख ९२३४ , ना६ प ५०६१ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राप्ती नगरपालिका ४ भन्डाराका बिरबहादुर खुलाल, निरबहादुर लामा , सुकमान गोले , र वडानम्बर पाचका दिपक चौलागाईं लाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले थप अनुसन्धानसहित आवश्यक कारवाहीका लागि बरामद गरेको कपडासहित ट्रक र चालक वीरगन्ज भन्सार कार्यालय पठाउने तयारी गरेको छ।

विशेष सुचनाका आधारमा ठुलो परिमाणको अबैध कपडा बरामद गर्न सफल भएको प्रहरीको भनाई छ । चितवनमा अहिले सम्मकै ठूलो परिणाममा अबैध कपडा बराबद गरिएको हो। एसपी नवराराज अधिकारीले चितवनको कमाण्ड सम्हालेपछि जिल्लामा हाल सम्मकै ठूलो परिमाणमा भन्सार छलेर ल्याएको अबैध कपडा बरामद गरेका हुन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस