काठमाडौं। पाँचदलीय गठबन्धनको सरकारमा सहभागी नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने रहेको छ ।
पार्टी अध्यक्ष माधव कुमार नेपाल एमसीसीका विषयमा सरकारमा सहभागी मन्त्रीहरुले पार्टीको नीति विपरित अभिव्यक्तिहरु दिएको भन्दै असुन्तष्ट छन् ।
सरकारमा सहभागी एकीकृत समाजवादीका मन्त्रीहरुले एमसीसीकै कारण आफ्नो मन्त्री पद धरापमा नपरोस भन्दै पछिल्लो शुक्रबार सामुहिक छलफलसमेत गरेका थिए ।
सोतका अनुसार संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले स्वास्थ्य मन्त्री खतिवडाको घरमा छलफल गरेका थिए ।
यता दिउँसो १ बजे प्रतिनिभिसभावको बैठक बस्दैछ । अहिले केहि बेरमा सुरु हुने कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नु अगाडी सत्ता गठबन्धनमा आवद्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र सोहि पार्टीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदिय दलको कार्यालयमा भेटवार्ताका क्रममा तिनै जना नेताले अहिलेको अवस्थामा एमसीसीको पक्षमा उभिन नसक्ने निस्कर्ष निकालेका छन् ।
फेसबुक प्रतिक्रियाहरु