काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बाँकी जीवन देश र जनताप्रति समर्पित गर्ने बताएका छन् ।
जन्मदिनको अवसरमा अध्यक्ष ओलीमाथि लेखिएको पुस्तक ‘समवेत दृष्टि’ लोकार्पण समारोहलाई भक्तपुर गठ्ठाघरमा सम्बोधन गर्दै ओलीले अबको बाँकी जीवन देश र जनताप्रति समर्पीत गर्ने बताएका हुन् ।
विज्ञापन
उनले भने, ‘बाँकी जिन्दगी देश र जनताप्रति समर्पित गर्छु । बुवा त अझै तन्नेरी जस्तै हुनुहुन्छ भने म त झन् बुढो हुने कुरै भएन ।’ एमालेले जनताको स्नेह र आशीर्वाद पाएको र जनताको शुभकामना र आशिर्वाद सबैभन्दा ठूलो कुरा रहेको उनको भनाइ छ ।
विज्ञापन
ओलीले राष्ट्र निर्माणमा सबैभन्दा ठूलो सहयोग जनताको रहेको भन्दै आफू बिरामी पर्दा जनताले मठमन्दिरमा पूजा, भाकल गरेर, शुभेच्छा दिएर आफ्नो स्वास्थ्यलाभको कामना गरेको स्मरण गरे । देश, जनता राष्ट्र र राष्ट्रियताविरुद्ध कुनै काम नगर्ने उनले प्रतिबद्धता जनाए ।
फेसबुक प्रतिक्रियाहरु