शुक्रबार, अशोज ३०, २०८२
  • होमपेज
  • समाचार
  • अब फेसबुकमा पनि टिकटकमा जस्तै भिडिओ बनाउन मिल्ने
समाचार

अब फेसबुकमा पनि टिकटकमा जस्तै भिडिओ बनाउन मिल्ने

मेटा (फेसबुक)ले हालै नयाँ फिचर सार्वजनिक गरेको छ। कम्पनीले ‘फेसबुक रिल्स’ फिचर सार्वजनिक गरेको हो।

अमेरिकी प्रविधि वेबसाइट ‘द भर्ज’का अनुसार फेसबुक रिल्स फिचर एक सय ५० भन्दा बढी देशमा उपलब्ध हुनेछ। फेसबुक रिल्समार्फत अब प्रयोगकर्ताले टिकटकमा जस्तै विभिन्न विषयमा भिडिओ बनाएर पोस्ट गर्दै त्यसबाट आम्दानी गर्न सक्नेछन्।

विज्ञापन

‘फेसबुक र इन्स्टाग्राममा प्रायः प्रयोगकर्ताले आफ्नो आधा समय भिडिओ हेर्नुहुन्छ। यस्तोमा रिल्स सबैभन्दा प्रभावकारी छ,’ मेटाले केही समय अघि मात्रै आफ्‍नो ब्लगमा लेखेको थियो, ‘हामी यसैसम्बन्धी फिचर सार्वजनिक गर्ने तयारीमा छौं। यो फिचरसँगै प्रयोगकर्ताले नयाँ प्रयोगकर्तासँग जोडिनुका साथै आम्दानी पनि गर्न सक्नेछन्।’

विज्ञापन

कम्पनीका अनुसार यो फिचर आइएसओ र एनड्रोइड एपमा उपलब्‍ध हुन्छ। त्यस्तै, प्रयोगकर्ताले भिडिओ बनाइसकेपछि त्यसलाई इडिट गर्न थुप्रै फिचरहरू दिइनेछ। मेटाको इन्सटाग्राम रिल्समा अपलोड गरिने भिडिओ इडिटिङ फिचर अहिल्यै अमेरिका सहित विभिन्न ५० देशमा उपलब्ध छ।

फेसबुक रिल्समा प्रयोगकर्ताले विभिन्न ‘रिमिक्स’ भिडिओ बनाउन सक्नेछन् भने अन्य प्रयोगकर्तासँग डुवेट भिडिओ बनाएर अपलोड गर्न सक्नेछन्। यसमा प्रयोगकर्ताले ६० सेकेन्डसम्मको भिडिओ बनाउन सक्नेछन्। त्यस्तै, फेसबुक रिल्समा बनाइएको भिडिओ ड्राफ्टमा पनि सेभ गर्न मिल्नेछ।

कम्पनीका अनुसार यसले अर्को महिना नयाँ भिडिओ क्लिपिङ टुल पनि थप्नेछ। जसले प्रयोगकर्तालाई लामो भिडिओहरू इडिट गर्न सहज हुनेछ।

यसबाहेक मेटाले फेसबुक रिल्समा मोनिटाइजेसन फिचर समावेश गर्दैछ। अर्थात् भिडिओमा विज्ञापन राख्न सकिन्छ। पहिलो तरिका भनेको ब्यानर विज्ञापन हो, जुन भिडिओको तल्लो भागमा अर्ध पारदर्शी हिसाबमा हुनेछ। त्यस्तै, दोस्रो स्टाटिक स्टिकर विज्ञापन राख्न सकिन्छ। यो विज्ञापन प्रयोगकर्ताले आफ्नो भिडिओको जुनसुकै ठाउँमा राख्न सक्नेछन्।

मेटाले फेसबुक रिल्स फिचर सार्वजनिक गरेसँगै यसले टिकटकलाई भने चुनौति दिएको छ। यी दुई प्लेटफर्मबीच प्रतिस्पर्धा हुने अनुमान छ। फेसबुक रिल्स स्न्यापच्याट स्पटलाइट, इन्सटाग्राम रिल्स र युट्युब रिल्स जस्तै हो।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस