आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • विश्वास गर्नुस्, निजगढ विमानस्थलको काम सुरु गराएरै छोड्छु : मन्त्री आले
समाचार

विश्वास गर्नुस्, निजगढ विमानस्थलको काम सुरु गराएरै छोड्छु : मन्त्री आले

बारा । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण काम कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ ।

विज्ञापन

आज बुधवार बाराको निजगढमा रिपोर्टर्स कल्बले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको काम अब चाँडै सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विमानस्थलको धावनमार्ग बनाउने क्षेत्रमा पर्ने टाङिया क्षेत्रका नागरिकलाई उचित व्यवस्थापन गर्ने र विमानस्थलको काम सुरु गराउने छौँ ।’

विज्ञापन

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न विभिन्न दलका शीर्षस्थ नेता, मन्त्री, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकसहितका कर्मचारीले अनुगमन गरेकाले विमानस्थल निर्माणको काम चाँडै अगाडि बढाइने पत्रकार सम्मेलनमार्फत मन्त्री आलेले जानकारी दिनुभयो । उहाँले निजगढ विमानस्थलको काम सरकारले तोकेको स्थानीय तहको चुनावभन्दा अगाडि नै सुरु हुने समेत दाबी गर्नुभयो ।

निगजढ विमानस्थलको काम कहिले सुरु हुन्छ भन्ने पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री आलेले भन्नुभयो, ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि डीपीआर तयार भइसकेको छ, सबैको साथ र सहयोग भए हामी चाँडै काम सुरु गर्नेछौँ ।’

यसैगरी मन्त्री आलेले सरकारले दुई देशका सरकारका बीच (जीटुजी), लगायत अन्य क्षेत्रबाट रकम लिएर भए पनि निजगढमा विमानस्थलको काम सुरु गर्ने बताउनुभयो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पाँच गठबन्धन दलहरूको पनि सहमति भएकाले जसरी भए पनि विमानस्थल निर्माणको काम सुरु हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

‘प्रेम आले काम गर्न आएको मन्त्री हो, कुर्सीमा बस्न आएको होइन । वर्षाैँदेखि रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स रद्द गर्नेदेखि रोयल्टी तिर्न लगाएको छु’, उहाँले थप भन्नुभयो, ‘विश्वास गर्नुस्, निजगढ विमानस्थलको काम सुरु गराएरै छोड्छु ।’

काठमाण्डौपछिको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ भएकाले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थ मन्त्री जर्नादन शर्मासँग निर्माणका लागि चाहिने आवश्यक बजेटका लागि व्यवस्था हुने भन्ने कुरा भइसकेकाले गुरुयोजना तयार भएको र अब चाँडै काम सुरु हुने मन्त्री आलेले दाबी गर्नुभयो ।

निजगढ विमानस्थल निर्माणका लागि यहाँको जितपुर सिमरा उपमहानगरपालिका १६ टाङिया वस्ती पुनर्स्थापना गर्नुपर्ने मुख्य काम रहेकाले यहाँको वस्ती स्थान्तरणको काम चाँडै सम्पन्न गरिनुपर्ने स्थानीयवासीको माग छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस