Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन ३२, २०८२
  • होमपेज
  • समाचार
  • स्वतः निलम्बन भए चोलेन्द्र, दीपककुमार कार्की बने कामु प्रधानन्यायाधीश
समाचार

स्वतः निलम्बन भए चोलेन्द्र, दीपककुमार कार्की बने कामु प्रधानन्यायाधीश

काठमाडौं।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा परेका छन्। सत्तारुढ दलका सांसदहरुले संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेसँगै राणा स्वतः निलम्बनमा परेका हुन्।

विज्ञापन

संविधानको धारा १०१ मा महाभियोग प्रस्ताव दर्तासँगै प्रधान्यायाधीश स्वतः निलम्बित हुने व्यवस्था छ।

विज्ञापन

राणा निलम्बित भएसँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले स्वतः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी बहन गर्नेछन्।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार बिहान ११ बजेर १० मिनेटमा संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन्।

स‌ंसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका कानुनमन्त्री दिलेन्द्रप्रसा बडूसहित ९८ जना स‌ांसदले महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन्।

तीन जना प्रस्तावक र ९५ जना समर्थक रहेका छन्। पुष्पा भुसाल, देव गुरुङ र जीवनराम श्रेष्ठ प्रस्तावक छन्।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस