Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ३१, २०८२
  • होमपेज
  • समाचार
  • जसले माओवादी सिध्याउन खोज्छ, उ आफै सिद्धिन्छ : प्रचण्ड
समाचार

जसले माओवादी सिध्याउन खोज्छ, उ आफै सिद्धिन्छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नम्बर प्रदेश, लुम्बिनीलगायत तराईमा फेरि एकचोटी माओवादीमय हुने दाबी गरेका छन्।

मधेश प्रदेशका जनप्रतिनिधिहरूलाई काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

विज्ञापन

सर्लाही र रौतहटलगायत जिल्लामा पनि माओवादीप्रति आकर्षक देखिएको दाबी गर्दै मधेसमा माओवादी स्थापित हुन लागेको उनले दाबी गरे।

विज्ञापन

यो माओवादीलाई सखाप पार्न चाहने प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी, प्रतिगमनकारीवादीको पराजय र जनताको विजयको सन्देश भएको उनले जिकिर गरे।

उनले मधेश र लुम्बिनी लगायतका प्रदेशमा माओवादीमा प्रवेश गर्नेको लहर चलेको दाबी गरे। शान्ति सम्झौतामा हस्ताक्षर गर्ने वेलामा नै मधेशी जनता माओवादीमय भइसकेको दाबी गर्दै त्यो वेला भ्रम छरेको उनले आरोप लगाए।

अध्यक्ष प्रचण्डले माओवादीलाई सखाप पार्न लाग्ने प्रतिगमनकारी शक्तिहरू पराजित भएको बताए। माओवादीलाई सखाप पार्न खोज्ने प्रतिगमनकारी शक्तिहरू पराजित भइसके र जनता विजयी भएको बताए।

मधेशी जनताप्रति माओवादीमा बढेको मोहले विदेशी शक्तिले माओवादीविरुद्ध जनतामा छरेको भ्रम सकिएको प्रचण्डको भनाई छ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस