काठमाडौँ।
विश्वका धनाड्यहरूको वर्गीकरण गर्ने फोर्ब्स पत्रिकाले अर्वपतिहरूको नयाँ संस्करण प्रकाशन गरेको छ । जसअनुसार नेपालका डलर अर्बपति विनोद चौधरी पहिलेको भन्दा चार स्थान माथि उक्लिएका छन् ।
विज्ञापन
नेपालका अर्बपति चौधरी फोर्ब्स अर्बपति सूचीमा पुरानो स्थानभन्दा चार स्थान माथि उक्लिएका हुन् । फोर्ब्स पत्रिकाअनुसार सन् २०२१ मा २ हजार १ सय ४१ स्थानमा रहेका चौधरी सन् २०२२ को फेब्रुअरी ८ तारिखका दिन २ हजार १ सय ३७ स्थानमा उक्लिएका हुन् ।
विज्ञापन
तर, उनको सम्पत्तिको मूल्याङ्कन स्थिर देखिएको बताइएको छ । चौधरीको कुल सम्पत्ति १ अर्ब ४० करोड अमेरिकी डलर बराबर छ । फोर्ब्सले चौधरीको सम्पत्तिमा वृद्धि भएको संकेतस्वरुप ‘ग्रीन सिग्नल’ भने देखाएको छ ।
६६ वर्षीय चौधरी सीजी कर्प, नबिल बैंक, सीजी फुड, विभिन्न होटल र वाइवाइ चाउचाउका मालिक हुन् ।
फेसबुक प्रतिक्रियाहरु