शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • भरतपुरमा मेरो कामबाट विरोधीसमेत खुसी छन्, चुनावमा गरेको बाचा पूरा गर्छु : मेयर दाहाल
समाचार

भरतपुरमा मेरो कामबाट विरोधीसमेत खुसी छन्, चुनावमा गरेको बाचा पूरा गर्छु : मेयर दाहाल

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले निर्वाचन आचार संहिता लाग्नु पुर्वनै भुमिहिनले लालपुर्जा पाईसक्ने बताएकी छन् । भरतपुर महानगर सहित चितवनका ३ स्थानिय तहमा अहिले भुमिहनलाई लालपुर्जा बितरण गर्ने गरी निस्सा बितरण र नापीको काम सुरु भएकाले निस्सा बितरण भएको ३५ दिन भित्र रातो पुर्जा बितरण गर्ने गरी आयोगले धमाधम काम गरेको बताउदै दाहालले स्थानिय तह निर्वाचन आचार संहिता लाग्नु पुर्वनै भुमिहिनलाई लालपुर्जा बितरण गरिसक्ने दाबी गरिन ।

भरतपुर महानगर ११ गणेशथानमा नेकपा माओवादी केन्द्रद्धारा आयोजित पार्टी प्रवेश एवं पद हस्तान्तरण कार्यक्रमम बोल्दै मेयर दाहालले बिगतमा निर्वाचनका बेला जनतामा गरेको वाचा आगामी निर्वाचन अगाडीनै पुरा गर्ने गरी आफुहरु भुमिहिनलाई जग्गाका मालिक बनाउने अभियानमा केन्द्रित भएको बताईन् ।

विज्ञापन

उनले भनिन अब निर्वाचन घोषाणा भईसकेको छ, काम गर्न धरै छ ,अव अरु बिकास भन्दा पनि आफनो ध्यान भुमिहिनलाई जग्गाको मालिक बनाउने तर्फ बढि केन्द्रित हुन्छ, त्यसका लागी म र हाम्रो पार्टी , केन्द्र सरकार देखी स्थानिय तह सम्मनै भुमिहिनकोे समस्या समाधानमा लागेको छ ।

विज्ञापन

बिगतमा धेरै आयोग बनेपनि भुमिहिनको पक्षमा काम गर्ने आयोग नबनेकाले समस्या भएको र अहिले माओवादी केन्द्रको जोड बलमानै भुमिहनिलाई जग्गाको मालिक बनाउन लागिएको दाबि गरिन ।

मेयर दाहालले आफु निर्वाचन जितेर आएपछि महानगरको विकासमा धेरै फड्को मारेको दाबी समेत गरिन । उनले बिरोधीहरु समेत महानगरको बिकास बाट खुसि रहेको बताईन् । मेयर दाहालले भनिन बिरोधीहरुले समेत महानगरमा बिकास भएको छैन् भनेर आज सम्म भन्न सकेका छैन्न , महानगर बिकासमा देशको नमुना बनेको छ । अझ नमुना बन्ने छ ।

कार्यक्रममा नेकपा एमाले, नेपाली काग्रेस, राप्रपा, बैध माओवादी लगाएतका पाटीै परित्याग गरि ३२२ जना माओबादी केन्द्रमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई महानगर प्रमुख तथा माओबादी केन्द्रका केन्द्रिय सदस्य रेनु दाहालले अबिर र खादा लगाएर पार्टी प्रवेश गराएकी थिईन् । सो क्रममा पार्टी प्रवेश गर्नेहरुमा सबै जसो युवाहरु थिए ।

नव प्रवेशीहरुले महानगरको विकास मेयर रेनु दाहालकै कारण भएको र अब पनि उहाकै नत्रित्व महानगरबासिले खोजेको बताएका थिए । उनले पाटि प्रवेश गराउदै नव प्रवेशीहरुलाई पार्टीले उपयुक्त स्थानमा जिम्मेवारी दिने समेत बताइन् ।

कृष्ण थापा , चित्र बहादुर गुरुग, प्रकाश देवकोट,शिबलाल श्रेष्ठ ,असोक प्रजापती को नेत्रित्वमा अन्य दल त्याग गरी ३२२ जना माओवादी केन्द्रमा प्रबेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा सबै भन्दा बढि नेपालि काग्रेसबाट रहेका छन् । सो अवसरमा सहिद परिवारलाई समेत दोशल्ला ओडाएर सम्मान गरिएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस