काठमाडौं । नेकपा एमाले नेपाली काँग्रेससँग मिलेर एमसीसी पारित गर्ने गरी गठबन्धनको कसरतमा देखिइसकेको छ । सभामुख अग्निप्रसाद सापकोटालाई समेत पदबाट हटाउने रणनीतिका साथ एमाले काँग्रेससँग गठबन्धन गर्न ठिक्क परेको छ ।
सापकोटालाई हटाउने विषय एमसीसीसँग जोडिएर आएको छ । तर, सापकोटालाई हटाउन सदनको दुई तिहाई सांसदको संख्या आवश्यक पर्छ । सापकोटालाई नहटाई एमसीसी टेबुल हुने अवस्था नबन्ने र एमसीसी पनि पारित नहुने अवस्था विकास भएको छ । त्यतिबेला काँग्रेस र एमाले मिलेमा पनि सभामुख हटाउने प्रस्ताव पारित हुँदैन । जसपा र लोसपाको साथ चाहिन्छ । तर, एमाले र जसपाभित्र पनि सभामुखविरुद्धको प्रस्ताव र एमसीसीविरुद्धको प्रस्तावको विपक्षमा सांसदहरु उभिने सम्भावना छ ।
विज्ञापन
एमालेमा भीम रावल खुलेरै एमसीसीको विपक्षमा छन् । उपेन्द्र यादव एमसीसीबारे खुलेका छैनन् ।
विज्ञापन
रावलले एमालेबाट १३ सांसदलाई तान्न सकेमा सभामुखविरुद्धको प्रस्ताव असफल हुनसक्छ । जसपाबाट पनि केही सांसद जोडिएमा रावलले १३ भन्दा कम सांसद जुटाएपुग्छ ।
विश्वस्त स्रोतका अनुसार रावलसँग आफूसहित केही सांसदहरु छन् । एमसीसीको विपक्षमा उभिने संख्या भने थपिन सक्छ । उनी यही मौकाको पर्खाइमा थिए र अब एमालेभित्र एमसीसीविरोधीको मोर्चा कस्न थालेका छन् । रावल बढीभन्दा बढी सांसदहरुलाई तान्न थालिसकेको बुझिएको छ ।
पछिल्लो समय केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा नसमेटेका सांसदहरु पनि रावलसँग नजिकिएका छन् । असन्तुष्टहरुले रावललाई साथ दिने बुझिएको छ । रावलको सक्रियताले उनी अबको राजनीतिक टकरावमा निर्णायक शक्ति बन्नेतर्फ बढिरहेका छन् । उनीसँग १० वा सोभन्दा बढी सांसद भएमा एमसीसी र सभामुख हटाउने प्रस्तावको विषयमा निर्णायक शक्ति बन्नेछन् ।
फेसबुक प्रतिक्रियाहरु