काठमाडौं ।
प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री तथा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले राष्ट्रियसभा निर्वाचनमा गम्भीर अन्तर्घात भएको बताएका छन् ।
विज्ञापन
राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा गठबन्धनका उम्मेदवार पराजित भएपछि उनले निर्ममतापूर्वक गम्भीर समीक्षा र पारदर्शी छानबिन गरेर प्रदेशको गठबन्धन अगाडि बढ्नुपर्ने बताएका हुन् ।
विज्ञापन
संघीयताप्रति चौतर्फी प्रहार भइरहेको भन्दै उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु आफ्नो एजेन्डा, जनता, पार्टी र नेतृत्वप्रति इमानदार बन्न नसकेको उनको भनाई छ ।
फेसबुक प्रतिक्रियाहरु