मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • व्यवसायीलाई प्रधानमन्त्रीकाे आग्रह– ‘मल कारखाना खाेल्नुस्, सरकारले सहयाेग गर्छ’
समाचार

व्यवसायीलाई प्रधानमन्त्रीकाे आग्रह– ‘मल कारखाना खाेल्नुस्, सरकारले सहयाेग गर्छ’

काठमाण्डाै।

 

विज्ञापन

प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ ।

विज्ञापन

अफगानी नागरिकलाई सहयाेग गरेर फर्किएका उद्याेगी, व्यवसायी र सरकारका प्रतिनिधिसँग आज मङ्गलवार बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना खाेल्न आह्वान गर्नुभएको हो । उहाँले उद्योगी, व्यवसायीहरूले मल कारखाना खाेलेमा सरकार सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न सङ्कटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकलाई सहयोग गरेकोमा उनीहरूलाई सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अफगानिस्तानमा अत्यन्तै खाद्य सङ्कट छ । यूएन समेतले अफगानीहरू भोकै मर्न थाले, मानवीय सहायता सहयोग चाहियो भनेर सहयोग माग्दा नेपालका उद्योगपतिले मानवीय सङ्कटमा खाद्यान्न पुर्‍याउन मद्दत गर्नुभयो, सबैलाई हार्दिक धन्यवाद ।

प्रधानमन्त्री देउवाले अहिले देश कोरोना भाइरसबाट आक्रान्त बनेको भन्दै सबैले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर कोरोनालाई परास्त गर्नुपर्ने बताउनुभयो । उहाँले कोरोनाविरुद्धको खोप सरकारको पहिलो प्राथमिकता भएकाले सबैले लगाएर कोरोनाबाट सुरक्षित हुन पनि आग्रह गर्नुभयो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस