सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • गठबन्धनका पक्षमा जनता छैनन् : महासचिव पोखरेल
समाचार

गठबन्धनका पक्षमा जनता छैनन् : महासचिव पोखरेल

काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले जनता गठबन्धनका पक्षमा नभएको दाबी गरेका छन्। तीनै चरणको निर्वाचन एकै पटक गर्ने सरकारको तयारी प्रति व्यङ्ग्य गर्दै मंगलबार उनले यस्तो बताएका हुन्।

विज्ञापन

 

विज्ञापन

 

उनले भने, ‘स्थानीय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको चुनाव एकैचोटी गर्ने रे ! सोझै भनौ न, अहिले जनता गठबन्धनका पक्षमा छैनन्।’

लुम्बिनी प्रदेशमा पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेलले गठबन्धन सरकारलाई मोही माग्दा ढुंग्रो लुकाउने हरकत नगर्न चेतावनी दिए‍। प्रदेश सरकारका मन्त्रालय र मन्त्री बढाउने गठबन्धनले खर्च जोगाउने कुरा सान्दर्भिक नभएको पोखरेलको टिप्पणी छ। ‘६-७ जनाले चलाएको प्रदेश सरकार चलाउन १३-१४ वटा मन्त्रालय र १६-१७ जना मन्त्री बनाउने गठबन्धनले खर्च जोगाउन एकैचोटी चुनाव गरौ भनेको सुन्दा कस्तो कस्तो लाग्ने !’ उनले भने, ‘मोही माग्दा ढुंग्रो लुकाउने हरकत नगरौ न।’

सत्ता गठबन्धन स्थानीय निर्वाचन पहिले कि संघको भनेर अलमलिएको छ। यसलाई प्रमुख प्रतिपक्षी एमालेले सरकार स्थानीय निर्वाचनबाट भाग्न खोजेको भनेर टिप्पणी गरेको छ। सत्तारुढ ५ दलीय गठबन्धनले २०७९ साल असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने वातावरण खोजिरहेका छन्। आइतबार कानुनविद्ले पनि विकल्प दिएपछि ऐन संशोधनमा सरकार लाग्ने संकेत देखिएको छ।

माओवादी केन्द्र र नेकपा एकीकृत सत्तापक्षीय दलको गठबन्धन बनाएरै चुनावमा जानुपर्ने प्रस्ताव गर्दै आएका छन्। तर, सत्ताको नेतृत्व गरिरहेको कांग्रेसमा भने चुनावी गठबन्धनबारे भिन्न–भिन्न मत छन्। कांग्रेसका युवा नेताहरू चुनावमा कांग्रेस एकल रूपमा मैदानमा उत्रिनुपर्ने धारणा राख्दै आएका छन्।

निर्वाचन आयोगले २०७९ वैशाख १४ मा स्थानीय निर्वाचनको मिति तोक्न निर्वाचन सरकारलाई ताकेता गरिरहेको छ। आयोगको ताकेता र संविधान एवं कानुनको स्पष्ट व्यवस्थालाई बेवास्ता गर्दै गठबन्धनका कतिपय नेताले निर्वाचन पर धकेल्ने प्रपञ्च गरिरहेको एमालेको आरोप छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस