शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाचार
  • सफलता ग्यारेन्टी गर्ने यी १० वटा सुत्र कहिलै नबिर्सनु
समाचार

सफलता ग्यारेन्टी गर्ने यी १० वटा सुत्र कहिलै नबिर्सनु

मानिस जहिलेपनि सफलताको खोजीमा हुन्छ । सफल हुने धेरै उपायहरु हुन्छन् । सबै सफल मानिसहरु एकै पटक सफलता चुम्न सफल बनेका होइनन् । तर नियमित आफ्नो काममा ध्यान दिन सकेमा सफलता हात पार्न कुनै गाह्रो छैन । तलका केहि निम्न उपायहरु लागु गर्न सके जीवन सार्थक र सफल बनाउन सकिन्छ ।

खतरा सँग नडराउनुहोस् : यदी तापाई आफ्नो काममा सफलता चाहानुह्न्छ भने अलीकती खतरा मोल्नु आवश्यक हुन्छ । कुनै काम गर्न मन लागेको छ भने त्यो गरिहाल्नुहोस र त्यसमा दत्त चित्त भएर लाग्नुहोस् जसले तपाई लाई राम्रो परिणाम दिने सम्भावना धेरै हुन्छ । तर खतरा मोल्ने भन्दैमा यती सम्म नपुग्नुहोसकि जहाँ बाट तपाई बाहिर आउन सम्भवै छैन वा धेरै मुस्किल छ ।

विज्ञापन

सधै उचाईमा पुग्ने ईच्छा पाल्नुहोस् : “उद्येश्य के लिनु उडी छुनु चन्द्र एक” भने झैं सधै उचाईमा पुग्ने आकांक्षा राख्नुहोस् र सकेसम्म आफुलाई उचाईमा पुर्याउने कोसिस गर्नुहोस साथै आफ्नो चाहना अनुरुपको र त्यही स्तरको काम गर्दै जानुहोस् ।

विज्ञापन

खुसी रहने कोसिस गर्नुहोस् : आफुले चाहेको चिज नपाएमा पनी आफुलाई दुखी वा केही गर्न नसक्ने मानिसको रुपमा कहिल्यै नउभ्याउनुहोस् । आफुले गरेको मेहनत र पाएको फलमा सधै सन्तुष्ट हुन सिक्नुहोस् तर आफ्नो काम नियमित गर्न नछोड्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् : म के गर्दै छु र के गर्न चाहान्छु भन्ने कुरामा तपाई सधै स्पष्ट हुनुहोस्। आफुले गर्न लागेको काम कसरी गर्नु पर्छ, कति समय लाग्छ आदी कुराको स्पष्ट जानकारी र विवरण तयार पारेर मात्र काम शुरु गर्नुहोस्।

आफ्नो लक्ष्यमा दृढ रहनुहोस् : आफुले के गर्न चाहेको हो त्यो कुरामा आफु बलियो रुपमा प्रस्तुत भएमा मात्र कुनै पनी काम सम्पन्न हुन्छ। त्यसैले जे गर्न चाहानुभएको छ त्यो कुरामा अडिग रहनु होस र जे जस्तो दुख आईपरे पनी त्यसलाई सम्पन्न गर्न सक्छु भन्ने मानसिकता बनाउनुहोस्।

स्वास्थ्य प्रती ध्यान दिनुहोस् : जब हाम्रो शरिर स्वस्थ छ त्यो बेला मात्र हामी काम गर्न सक्छौं त्यसैले सबै भन्दा पहिले आफ्नो शरिर र स्वास्थ्य प्रती विषेश ध्यान दिनुहोस जसको लागी नियमित व्यायाम गर्नुहोस्।

केही कुरा पनी सिक्न पछी नपर्नुहोस् : आफुले नजानेका कुरा सिक्न कहिल्यै लाज र नमान्नुहोस्। जती आफुमा त्यो काम प्रति ज्ञान बढेरर जान्छ त्यती नै काम गर्न र लक्ष पाउन सहज हुन्छ। त्यसैले आफुलाई जहिले पनी ज्ञानको भोको मानिसको रुपमा प्रस्तुत गर्नुहोस्।

एकताबद्द हुन सिक्नुहोस् : कुनै कामहरु यस्ता पनी हुन्छन जो एक्लै गर्दा भन्दा साथी वा परिवार सँग मिलेर सफलता पूर्वक सम्पन्न गर्न सकिन्छ। त्यसैले जहिले पनी एकतामा विश्वाश गर्नुहोस्। एकताको बल सधै बलियो हुन्छ।

आराम गर्नुहोस् : सधै काममा मात्र ध्यान नदिनुहोस कहिले काही आराम वा मनोरञ्जनात्मक चिजहरुमा पनी आफ्नो उपस्थिती जनाउनुहोस जसले गदा तपाईको माष्तिष्कमा बोझ नपरोस र तपाई सधै आफुलाई फुर्तिलो महसुस गर्नसक्नुहोस्।

असम्भव केही पनि छैन : संसारमा असम्भव भन्ने केही छैन र मैले गर्न लागेको काम असम्भव अवश्य छैन भन्ने विचार मनमा राख्नुहोस्। तपाई आफ्नो काममा मन लगाएर र आफ्नो पुरा शक्ति लगाएर गर्नु भएमा जस्तो सुकै काम पनि पुरा गर्न सक्नुहुन्छ। अरुलाई असम्भव लागेका कुराहरु तपाईले पनि तपाईले गर्न सक्नुहुन्छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस