शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • चितवन विशेष
  • चितवनमा नक्कली नोटकाे कारोवार गर्ने २ जना प’क्राउ
चितवन विशेष

चितवनमा नक्कली नोटकाे कारोवार गर्ने २ जना प’क्राउ

चितवन । 

चितवनमा नक्कली नोटकाे कारोवार गर्ने २ जना प’क्राउ परेका छन् । पक्राउ पर्नेमा खैरहनी नगरपालिका वडा नं. ३ घर भई हाल भरतपुर महानगरपालिका वडा नं. ०३ मा डेरा गरी बस्ने २५ बर्षीय पबिता घताने र राप्ती नगरपालिका वडा नं. ०७ बस्ने २७ बर्षीय गगन लाल तामाङ रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

विज्ञापन

भरतपुर महानगरपालिका वडा नं. ०३ बेलचोकमा रहेको फेन्सी पसलमा कपडा खरिद गर्न आएकी पबिता घतानीले कपडा खरिद गरेपछी दिएको नोट नक्कली भएको भन्ने सूचनाको आधारमा प्रहरीले प’क्राउ गरेको हो ।

विज्ञापन

 

घतानीको साथबाट दश हजार रूपैयाँ नक्कली नोट बरामद गरेकाे हाे । उक्त घटनामा संलग्न रहेका गगन बहादुर तामाङलाई समेत सोही दिन प्रहरीले नियन्त्रणमा लिएको थियो । तामाङकाे साथबाट MI कम्पनिको मोबाईल १ थान, HP कम्पनिको ल्यापटप १ थान र सौर्य दैनिककाे प्रेस कार्डसमेत बरामद गरेकाे थियाे ।

प’क्राउ परेका घताने र तामाङलाइ मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसूर (खोटा मुद्रा) मुद्दामा जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको चितवन प्रहरीले जनाएकाे छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस