नेकपा एमालेका अध्यक्ष केपि ओलिलाई गृहजिल्लामा धक्का लागेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन यसबेला गृहनगर झापामा छन्।
उनी गृहनगरमा आइपुग्दा पार्टी प्रवेश गर्नेहरूको घुइँचोनै लागेको छ । भद्रपुमा १ र ५ मा सम्पन्न अलगअलग कार्यक्रम बाट भद्रपुर १ का शिवकुमार कार्की सहित ६५ जना र भद्रपुर ५ बाट उषा राजवंशी सहित ७५ जना विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका छन् ।
विज्ञापन
अध्यक्ष लिङ्देन अझै केही दिन झापामै व्यस्त रहने र पार्टी प्रवेशको कार्यक्रम बाक्लो रूपमा सामाजिक दुरी कायम गर्दै र स्वास्थ्य सावधानी साथ आयोजना गरिने जिल्ला अध्यक्ष केशव ओझाले बताए ।
विज्ञापन
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिपन्थी अवसरवादमा भाँसिएको भन्दै एमालेका चर्चित नेताले पार्टी परित्यागको घोषणा गरेका छन् ।
उनले ओलीमा दम्भ र आडम्बर देखिएको तथा पार्टी प्रतिगमनकारी एवम् दक्षिणपन्थी भासमा भासिएको भन्दै अनेरास्ववियु जिल्ला कमिटी जुम्लाका सचिवालय सदस्यले एमाले परित्याग गरेका हुन् ।
जुम्लाको सिंजा गाउँपालिका कमिटीका संयोजक लोकेन्द्रबहादुर शाहीले जिल्ला कमिटीका अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
उनले राजीनामापत्रमा लामो समयदेखि नेकपा एमाले र जनताको बहुदलीय जनवादलाई आत्मसात गरे पनि अध्यक्ष ओलीको व्यवहारबाट दिक्क भएर राजीनामा दिएको उल्लेख गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु