काठमाडौं।
नेकपा एमाले सुनसरीको जिल्ला सदस्यमा २३ वर्षीया युवतीले बाजी मारेकी छन्।
विज्ञापन
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा केन्द्रीय कमिटीमा सक्रिय रहेकी आरती भट्टराई सुनसरी जिल्ला कमिटिको सदस्यमा निर्वाचित भएकी हुन् ।
विज्ञापन
भट्टराईले एमाले सुनसरीको सातौँ जिल्ला अधिबेशनमा बराहक्षेत्र नगरपालिका भूगोलबाट निर्वाचित हुदै एमालेमा कान्छी जिल्ला कमिटि सदस्यको रुपमा इतिहास रच्न सफल भएकी हुन् ।
उनी ९०२ मतका साथ निर्वाचित भएकी हुन् । बराहक्षेत्रबाटै नन्दकुमारी राई जिल्ला सदस्यमा निर्वाचित भएकी छन् । भट्टराई अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य समेत हुन ।
सानै उमेरदेखि बिधार्थी राजनीतिमा लागेकी भट्टराई अखिलमा समेत निकै लोकप्रिय नेता हुन् ।
फेसबुक प्रतिक्रियाहरु