काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोनामुक्त भएका छन् । उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
विज्ञापन
प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनकारी दिएकी हुन् ।
विज्ञापन
प्रचण्डलाई पुस २४ गते कोरोना पुष्टि भएको थियो । माओवादी केन्द्रको महाधिवेशन सकिएलगत्तै प्रचण्डको स्वास्थ्यमा समस्या देखिएको थियो । परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
माओवादीका अन्य नेताहरुलाई पनि कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणकै कारण पार्टी पदाधिकारी चयन गर्न पुस २५ गते बस्ने भनिएको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ ।
फेसबुक प्रतिक्रियाहरु