काठमाडौं ।
नेपालमा क्यासिनो संचालन गरि लाभ लिईरहेका एक विदेशी लगानीकर्ता सरकारलाई रोयल्टी नतिरि भाग्ने चक्करमा लागेपछि संस्कृति नागरिक तथा उडड्यन मन्त्री प्रेमबहादुर आलेको निर्देशन पछि रोकिएका छन् ।
विज्ञापन
राजधानीमा क्यासिनो संचालन गरिरहेका अमेरिकी नागरिक माइक बोलसोवरलाई नेपाल सरकारलाई १३ करोडभन्दा बढी रोयल्टी नतिरी भाग्न लागेपछि अहिले त्रिभुवन विमानस्थलस्थित अध्यागमनमा रोकिएका हुन् । मन्त्री आलेको निर्देशन पछि अहिले उनलाई अध्यागमनले रोकेको छ ।
विज्ञापन
पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले मन्त्रीको निर्देशनपछि आफूले अध्यागमन कार्यालयलाई सूचित गरेर नेपाल छाड्नबाट रोकेको बताए । पर्यटन विभागले क्यासिनो संचालन गरेबापत बुझाउनुपर्ने रोयल्टी र नवीकरण शुल्क नबुझाएसम उनलाई नेपाल छाड्न नदिने निर्णय समेत गरिसकेको जानकारी दिए ।
माइकले काठमाडौंको सांग्रिला होटल र बुटवलको टाइगर टप्समा संचालित क्यासिनो संचालकको प्रतिनिधित्व गर्छन् । माइकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ को २३ कठ्ठा सरकारी जग्गामा टाइगर प्यालेस होटल संचालन गरेका छन् । पछिल्लो समय पर्यटनमन्त्री आले र सचिव न्यौपानेले रोयल्टी नबुझाउने क्यासिनो संचालकको तीनपुस्ते विवरण सार्वजनिक गर्दै कार्वाही अघि बढाएका छन् ।
फेसबुक प्रतिक्रियाहरु