काठमाडौं ।
आरुघाट गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) को बृहत कार्यकर्ता भेला सम्पन्न भएको छ ।
विज्ञापन
एकीकृत समाजवादी आरुघाट गाउँपालिका अध्यक्ष एवं आरुघाट गाउँपालिका ५ का अध्यक्ष नारायण ध्वज खड्काको अध्यक्षतामा भएको भेलामा पार्टीका स्थायी कमिटी सदस्य एवं नेपाल सरकारका स्वास्थ तथा जनसंख्या मन्त्री बिरोध खतिवडाको प्रमुख आतिथि रहेका थिए ।
विज्ञापन
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले एमाले अध्यक्ष केपी ओलीले दूइ तिहाइको जनमत कुल्चेर आम जनताको आशा भरोसालाई कुठाराघात गरेको तथा जनमतको अपमान गरेको बताए । उनले भने, ‘केपी ओली कम्युनिस्ट
विचार र सिद्धान्तबाट स्खलित भैसकेकाले नेपालमा कम्युनिस्ट पार्टीको अस्तित्व बचाउन एमालेबाट बिद्रोह गरेका हौं ।’ मन्त्री खतिवडाले एमाले एक्लै चुनाव लडे १ सिट पनि नजित्ने दाबी गरे । केपी ओलीप्रती कटाक्ष गर्दै खतिवडाले ओली
राप्रपासँग एकता गरेर गणतन्त्रलाई त्याग्दै राजतन्त्र फर्काउने अभियानमा लागेको आरोप लगाए।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवं गण्डकी प्रदेश कमिटी सचिव प्रतापलाल श्रेष्ठ, पोलिटब्युरो सदस्य एवं युवा संघ इन्चार्ज दिलु पन्त, गोरखा जिल्ला इन्चार्ज जुध्दविलास भण्डारी, सह–इन्चार्ज सानुमाया
बस्नेत, केन्द्रीय सदस्यद्वय इन्दिरा ढुंगाना र रजमदिन मिया, जिल्ला अध्यक्ष यादव बस्नेत, म्याग्दी जिल्ला अध्यक्ष कृष्ण विक लगायतको उपस्थिति रहकेो थियो ।
नेकपा एकीकृत (समाजवादी) मा आस्था राख्ने कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा लोक दोहोरी गायक चिज गुरुङ र गायिका देवी आलेको सास्कृतिक प्रस्तुति समेत रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु