शुक्रबार, भदौ २६, २०८२
  • होमपेज
  • समाचार
  • योगेश भट्टराईलाई गृहजिल्लामै ठुलो धक्का, थेबेले मारे बाजी !
समाचार

योगेश भट्टराईलाई गृहजिल्लामै ठुलो धक्का, थेबेले मारे बाजी !

ताप्लेजुङ । 

नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटीको निर्वाचनबाट अध्यक्षमा भुपेन्द्र थेबे निर्वाचित भएका छन् । सहमतिको प्रयास असफल भएपछि थेबे र बलबहादुर साम्सोहाङबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।

विज्ञापन

एमाले केन्द्रीय कमिटीका सचिव योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङमा निवर्तमान जिल्ला कमिटीका अध्यक्ष साम्सोहाङलाई भट्टराईको समर्थन रहेको थियो। भट्टराईलाई आफ्नै गृहजिल्लामा ठुलो धक्का लागेको छ । थेबेलाई पासाङ शेर्पा, तिलकुमार मेन्याङ्बो लगायतका नेताको समर्थन थियो ।

विज्ञापन

प्यानल नै बनाएर भएको निर्वाचनमा उपाध्यक्ष सन्तोष खतिवडा र उपसचिव दिपेन्द्र पोमुले थेबे टिमबाट जितेका छन् । साम्सोहाङको टिमका सचिव केशर मेन्याङ्बो र उपसचिव मणि पोमु निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित थेबे संविधासभाका सदस्य हुन् ।

गत वर्ष नेकपा विभाजनपछि अध्यक्ष बलवहादुर साम्सोहाङ प्रचण्ड–माधव समूहमा उभिएपछि थेबेलाई केपी ओली पक्षले अध्यक्ष बनाएको थियो ।

पछिल्लो पटक १० बुँदे सहमतिपछि बलवहादुरलाई संयोजक र थेबेलाई सहसंयोजक बनाएर जिल्ला अधिवेशन आयोजक कमिटी गठन भएको थियो ।

विगतमा माधव नेपाल पक्षको एकल वर्चश्व रहेको ताप्लेजुङमा तत्कालीन नेकपाको अन्तरविरोध उत्कर्षमा पुगेका बेला तिलकुमार मेन्याङ्बो,पासाङ शेर्पा,टंक आङ्बोहाङ, डम्बर तुम्बाहम्फे लगायतका नेताहरुले केपी ओली पक्षलाई साथ दिएपछि १० बुँदेबाट एमालेमा बसेको समूह कमजोर बनेको हो ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस