शनिबार, भदौ २०, २०८२
  • होमपेज
  • समाचार
  • देउवा र बतासको सम्बन्धको नालिबेली बाहिरीयो, २१ बर्ष देखी घनिष्ठ दोस्ती !
समाचार

देउवा र बतासको सम्बन्धको नालिबेली बाहिरीयो, २१ बर्ष देखी घनिष्ठ दोस्ती !

नारायणहिटी दरबार संग्राहलय भित्र रेस्टुरेन्ट बनाउँन खोज्दा नमम्जा सँग नांगिएको बतास समुहका मुख्य व्यक्ति आनन्द बतास र प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बन्धको नालिबेली बाहिरिएको छ ।

काग्रेस , कम्युनिष्ट सरकारमा जो भए पनि मज्जाले काम लिने सक्ने खुबी भएका बतासको सपना यस पटक भने सँस्कृती , पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम बहादुर आलेले नमज्जा सँग उडाइदिएका छन् । काग्रेस सभापती एवं प्रधानमन्त्री देउवासँग बतासको दोस्ती निकै पुरानो भएको तथ्य फेला परेको छ ।

विज्ञापन

बतास समूहले प्रधानमन्त्रीपत्नी आरजु राणालाई आफ्नो टिमको सल्लाहकार बनाएको थियो , विवाद भए पछि रातारात आरजुलाई सल्लाहकार बाटै हटाएर बतास समूहले आफ्नो वेवसाइटनै हेर्न नमिल्ने बनाएको छ। विवादास्पद बतास समूह सँग प्रधानमन्त्री देउवाको दोस्ती भने २० बर्ष भन्दा अघि देखिनै रहेछ ।

विज्ञापन

बतासले होटल व्यवसाय सुरु गर्दा पोखरा सभागृह वरिपरि राम्रा होटल थिएनन्, नेताहरु भाषण गरेपछि उनकै होटलमा बस्न जान्थे । आनन्द पनि सबै चाँजोपाँजो मिलाइदिन्थे । नेताहरुलाई आफ्नो पक्षमा पार्न र काम लिन सिपालु उनलाई संगत गरेका पोखरेलीहरु चतुरभन्दा ‘धुर्त’ खेलाडी मान्छन् ।

तत्कालिन पोखरामा होटल आनन्द संचालन गरेर बसेका बतासले आफ्नो होटलको माध्यम बाटनै देउवा सँग सम्बन्धको डोरो कसेका थिए । २०५७ मा पोखरामा नेपाली कांग्रेसको दशौं महाधिवेशन थियो । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग शेरबहादुर देउवाले सभापतिमा प्रतिस्पर्धा गरेका थिए ।

त्यसबेला देउवा बतासकै होटल आनन्दमा बास बसेका थिए । त्यतिखेरै बनेको सम्बन्ध देउवा पत्नी आरजु राणामार्फत अहिले झनै मजबुत मात्र भएको छैन, कांग्रेसभित्र बलियो शक्तिका रुपमा स्थापित छ ।

०७४ को प्रतिनिधिसभा चुनावभन्दा केही समयअघि तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा पोखरा आइपुगे । चुनावको रापताप र टिकटको रस्साकस्सी चलिरहेका बेला पाँचतारे होटल पोखरा ग्रान्डमा बसेका देउवालाई भेट्न कास्कीका पुराना कांग्रेसी नेताहरु लाइन लागे ।

त्यही लाइनमा थिए नेताहरु शुक्रराज शर्मा, खेमराज पौडेल, सोभियतबहादुर अधिकारीहरु । उनीहरुले आफ्नो पालो आउँदा पनि देउवालाई सीधै भेट्न चाहिँ पाउँदैनथे ।

एउटा ‘आइरन गेट’ पार गर्नुपर्थ्यो, र ‘आइरन गेट’ थिए यिनै आनन्द बतास । ‘देउवालाई जस्तोसुकै अप्ठ्यारोमा पनि सहयोग गरेका पार्टीका पुराना नेता कार्यकर्ताले उनलाई भेट्न आनन्दको अनुमति लिनुपर्ने भयो,’ कास्की कांग्रेसका एक पुराना नेताले भने, ‘हामीले यस्तो व्यवहार धेरैपटक भोगेका छौं ।’

कतिसम्म भने ०७४ को राष्ट्रियसभा चुनावका बेला कांग्रेससित नजिक रहेका, तर सामाजिक काममा सक्रिय पाका केही पोखरेलीलाई आनन्द बतासको मोबाइलबाट म्यासेज पुगेको थियो–६० लाख दिए राष्ट्रियसभा सदस्य बनाइदिन्छु ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस