सिन्धुली ।
अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च हुन नसक्दा विकास निर्माणको काममा प्रगती नदेखिएको बताएका छन् । सिन्धुलीको मरिण गाउँपालिका-४ साहानमा आयोजित मरिण महोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले पुजिगत खर्च नहुँदा विकासका काममा प्रगती हुन नसक्नुका साथै तरलता पैदा हुन गएको बताएका हुन् ।
विज्ञापन
विज्ञापन
‘सरकारले खर्च नै गर्न नसकेको हैन । हाल ३४ प्रतिशत बजेट खर्च भईसकेको छ तर, तिन चार खर्ब पुँजिगत खर्चमा भने ९ प्रतिशतमात्र खर्च भएको हो । यसले विकास निर्माणका काममा प्रगती कम हुनका साथै तरलता समेत पैदा गरेको हो,’ उनले भने ।
सरकारले पुँजिगत खर्च बढाउन पहल गरेको उनको भनाई छ । उनले देशलाई समृद्धीको बाटोमा लैजान आर्थिक, सामाजिक र सांस्कृतीक रुपान्तरणको अभियानलाई संगसंगै लैजाने नीति बनाउने समेत बताए ।
‘राज्यको श्रोत साधनलाई स्थानीयस्तरमै समुचित प्रयोग गर्न पाउने व्यवस्था बनाउँदै छौं । यसका लागि सरकारले राज्यको स्रोतको समानुपातीक प्रणालिका आधारमा वितरण गर्नेछ,’ उनले थपे । चालु बजेट वर्तमान सरकारले नल्याएको स्पष्ट पार्दै आगामी बजेटमा स्थानीय स्तरमै उत्पादनलाई जोड दिन श्रम सहकारीको अवधारणा अनुरुप काम गर्ने र आयातलाई निरुत्साहित गर्दै निर्यातमा जोड दिने गरी स्वदेशमै रोजगारको अवसर सिर्जना गरिने उनले उद्घोष गरे ।
अर्को प्रसंगमा अर्थमन्त्री शर्माले सुनकोशी मरिण डाइभर्सनको कामलाई महत्वका साथ हिजोमात्र २० अर्ब बजेट निकासाका लागि स्विकृती दिइएको बताउँदै यसको निर्माण कार्यले सिन्धुली लगायत देशकै अर्थतन्त्रमा योगदान पुग्ने बताए ।
निर्माणाधिन मदन भण्डारी लोकमार्गमा नमुन सहर र औद्योगिक क्षेत्र निर्माणका लागि सरकार प्रतिबद्ध रहेको भन्दै त्यसका लागि उपयुक्त स्थानको तय गर्न समेत मन्त्री शर्माले अनुरोध गरे ।
‘कृषि व्यवसायको प्रवद्र्धन तथा व्यवसायिकरण हाम्रो अभियान, समृद्ध मरिण हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव ११ दिन सम्म संचालन हसने छ । महोत्सवको आयोजना मरिण गाउँपालिका र उद्योग वाणिज्य संघ मरिण शाखाले संयुक्त आयोजना गरेको हो ।
फेसबुक प्रतिक्रियाहरु