आइतवार, पुस ७, २०८१
  • होमपेज
  • समाचार
  • धेरैजसाे सपना पूरा भए, काठमाडौंलाई नै बनाउने हो, अर्को काठमाडौं ल्याउन सकिँदैन : मेयर शाक्य
समाचार

धेरैजसाे सपना पूरा भए, काठमाडौंलाई नै बनाउने हो, अर्को काठमाडौं ल्याउन सकिँदैन : मेयर शाक्य

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले चुनावअघि देखेको सपनामध्ये धेरै पूरा भएकाे दावी गर्नुभएको छ ।

विज्ञापन

उहाँले काठमाडौंलाई नै बनाउनु पर्ने र अर्को काठमाडौं बनाउन नसकिने बताउँदै आफ्नो नेतृत्वमा धेरै कामहरु भएको जिकिर गर्नुभएको छ ।

विज्ञापन

‘काठमाडौंलाई नै व्यवस्थापन गर्ने हो । नयाँ काठमाडौं बनाउन सकिँदैन,’ पदावधि सकिन लाग्दा उहाँले भन्नुभएकाे छ, ‘हामीले जुन सपना देखेर काठमाडौं महानगरपालिका जित्यौँ भने भनेर बाँड्यौँ । त्यसमध्ये हामीले धेरै काम पनि गरिसक्यौँ।’

आफूले राम्रो काम गर्यौँ भनेर पटक पटक भनिसकेको भन्दै अब जनतालाई मूल्याङ्कन गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । उहाँले आफ्नो काममा मार्क दिन पनि आग्रह गर्नुभएको छ ।

अब आफू परीक्षार्थी भएको बताउँदै आफ्नो रिजल्टमाथि मूल्याङक्न गर्न उहाँको अनुरोध छ । महानगरपालिकाको बिकास र समृद्धिका लागि आफूले दिनरात नभनी साढे ४ वर्ष मेहनत गरेको पनि उहाँको दावी छ ।

‘तपाईँले आफैँ मूल्याङ्कन गर्नुस् । अब मैले मेरो खुखबाट भन्दा पनि, मत परीक्षार्थी भएँ । मैले साढे ४ वर्ष दिन रात नभनी मेहनत गरेर एउटा रिजल्ट दिएको छु,’ उहाँले भन्नुभएको छ, ‘अब मैले दिएको रिजल्टमा तपाईहरु कतिको सन्तुष्टि हो । त्यो चाही तपाईहरुको कुरा हो।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस