नवनिर्वाचित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेवा गर्ने अन्तिम अवसर र अन्तिम चुनौती भएको बताएका छन्।
सोमबार पुनः अध्यक्षमा निर्वाचित भएपछि सम्बोधन गर्दै अध्यक्ष दाहालले यो आफ्नो लागि अन्तिम अवसर र अन्तिम चुनौती भएको बताएका हुन्।
विज्ञापन
‘मैले भनेको थिएँ, सायद नेतृत्वको रूपमा यो अन्तिम अवसर हुनेछ। नेपाल राष्ट्र र नेपाली जनताको सेवा गर्ने,’ उनले भने, ‘हरेक दृष्टिकोणले मेरो लागि यो अन्तिम अवसर र यो अन्तिम चुनौती भनेको थिएँ केन्द्रीय कमिटीको बैठकमा।’
विज्ञापन
उनले महाधिवेशन कुनै व्यक्तिको आदेश अनुसार चल्न नदिएको पनि बताएका छन्।
महाधिवेशनमा राजनीतिक प्रतिवेदन र विधानमाथि गम्भीरतापूर्वक समूहगत रूपमा छलफल गरी पारित गरेको भन्दै कुनै व्यक्तिको आदेश अनुसार नचलेको बताएका हुन्।
‘हाम्रो महाधिवेशन विचारमा आधारित भएर, बहस भएको महाधिवेशन बन्यो। हामी राजनीतिक प्रतिवेदन र विधानमाथि गम्भीरतापूर्वक समूहगत छलफल गरेर अगाडि ल्याएर त्यसैमाथि बहस गरेर हामीले प्रतिवेदन विधान पारित गर्यौं,’ उनले भने, ‘यसर्थमा माओवादी पार्टीको महाधिवेशन कुनै व्यक्तिको आदेश अनुसार चल्ने पनि हुन दिएनौं।’
फेसबुक प्रतिक्रियाहरु