काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाद प्रचण्डका साथै पार्टीका शिर्ष नेताहरुले कार्यकर्ताकै लहरमा बसेर खाना खाएका छन् ।
पार्टीको आठौँ जारी महाधिवेशनका क्रममा अध्यक्ष प्रचण्डका साथै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, लिलामणी पोखरेल लगायतका नेताहरुले कार्यकर्ताकै बिचमा रहेर खाना खाएका हुन् ।
विज्ञापन
जो अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा पेस गरेअनुसारको व्यवहार हो । अध्यक्ष प्रचण्डले आठौँ महाधिवेशनको राजनीतिक प्रतिवेदनमा पार्टीलाई नयाँ विचार र नयाँ कार्यदिशाकामा अघि लैजानका लागि गरेसँगै नेता–कार्यकर्ताहरुको आचार र व्यवहारलाई जनमुखी बनाउने उल्लेख गरेका थिए ।
विज्ञापन
जसलाई पार्टीले पास गर्ने निर्णयसमेत गरेको थियो । उक्त निर्णय अनुसार नै माओवादीका शिर्ष नेताहरुले कार्यकर्ता माझमै बसेर खाना खाएका हुन ।
जारी महाधिवेशनकै क्रममा नेताहरुले व्यवहार र जीवनशैलीमा परिवर्तनका केही उदाहरण प्रस्तुत गर्न खोजेका हुन् ।
फेसबुक प्रतिक्रियाहरु