काठमाडौं ।
राप्रपा र विवेकशील साझा पार्टीबीच एकताको प्रयास सुरु भएको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई भेटेर पार्टी एकताको प्रस्ताव राखेपछि पहिलेदेखिको सबैको अनुमान सत्य हुन लागेको हो ।
विज्ञापन
राजसंस्था पुनःस्थापना गर्ने सर्तमा दुवै पार्टीबीच एकता हुने बताइएको छ । आजको भेटमा लिङ्देनले यही बेहोराको प्रस्ताव राखेका थिए । भेटमा राप्रपा महामन्त्री धवलशमशेर राणा पनि सहभागी थिए ।
विज्ञापन
लिङ्देन र राणा दुवै राजसंस्था पुनःस्थापना गर्नुपर्ने पक्षमा छन् । पछिल्लो समय विवेकशील साझाका अध्यक्ष मिश्र पनि राजसंस्थाको पक्षमा छन् । त्यसका लागि उनले मेची काली अभियान सुरु गर्दैछन् । यहीबीचमा लिङ्देन र मिश्रको भेटवार्ता भएको हो ।
राप्रपामा पूर्वअध्यक्ष कमल थापाले राजसंस्थाको एजेन्डा त्याग्दैछन् । उनले पुस २७ गतेको दिन पारेर यस्तो घोषणा गर्न लागेका हुन् । त्यसैले अब थापाको ठाउँमा मिश्र ल्याउने तयारी सुरु भएको हो ।
पछिल्लो समय राप्रपा अध्यक्ष लिङ्देन र साझा विवेकशील पार्टीका अध्यक्ष मिश्रबीच को बढी राजापवादी बन्ने भन्ने प्रतिस्पर्धा देखिएको छ । हिजो वैकल्पिक राजनीतिक शक्ति बनाउन मत माग्ने मिश्र अब राजसंस्था पुनः स्थापनाको एजेन्डा बोक्ने बाटोमा हिँडेका छन् ।
फेसबुक प्रतिक्रियाहरु