काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ । मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा हुन लागेको हो ।
विज्ञापन
नेकपा जनवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट अलग भई २०७७ मा भूमिगत रुपमा संगठित भएको थियो । नेकपा जनवादीको नेतृत्व देवन्द्रसिंह महताले गरिरहेका छन् ।
विज्ञापन
महतासहित जानुका श्रेष्ठ, हिमालचन्द्र खरेल, साधुराम चौंलागाई, श्यामबहादुर बूढा, छत्र लाखे, विनोद थापा, मिना गिरी लगायतका नेताहरु एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।
फेसबुक प्रतिक्रियाहरु