मङ्लबार, पुस २, २०८१
  • होमपेज
  • समाचार
  • एमालेमा हरेक दिन पहिराे गइरहेकाे छ, याे थामिँदैन : नेता खनाल
समाचार

एमालेमा हरेक दिन पहिराे गइरहेकाे छ, याे थामिँदैन : नेता खनाल

काठमाण्डाै ।

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा एमालेमा हरेक दिन पहिरो गइरहेको बताउनुभएको छ ।

विज्ञापन

आज बिहीवार काठमाण्डाैमा आयोजित एक पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता खनालले नेकपा एमालेमा हरेक दिन पहिरो गइरहेको भन्दै पहिरो नथामिने बताउनुभएको हो । एमाले दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेकाले जति मलजल गरे पनि याे पार्टी अगाडि बढ्न नसक्ने उहाँले बताउनुभयो ।

विज्ञापन

नेता खनालले एमाले लगातार तल झरिरहेको र विखण्डनतर्फ गइरहेको दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउने कार्यभार नेकपा (एकीकृत समाजवादी) को रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले नेकपा एमाले पनि सग्लो रहेन । अहिले विभिन्न ठाउँहरूमा त्यो पार्टीलाई थाम्न मरिमरि कस्सेर लाग्या छन् । थामिनेवाला छैन । यो जुन दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेको पार्टी छ, अब त्यो पार्टीलाई जस्तासुकै मलजल गरे पनि त्यो अगाडि बढ्न सक्दैन ।’

नेता खनालले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा आफूले एमालेको नवौँ महाधिवेशनमा अगाडि सारेको दाबी पनि गर्नुभयो । ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना पूरा गर्न सम्पूर्ण नेपाली एक भएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस