मङ्लबार, पुस ९, २०८१
  • होमपेज
  • समाचार
  • पाँचवटा पार्टी चहारेका र पाँचपल्ट हारेका गुप्तालाई ओलीले गरे एमालेमा भव्य स्वागत
समाचार

पाँचवटा पार्टी चहारेका र पाँचपल्ट हारेका गुप्तालाई ओलीले गरे एमालेमा भव्य स्वागत

काठमाडौँ। 

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ता विभिन्न पार्टी चहारेर एमालेमा प्रवेश गरेका छन् । मंगलबार कपिलवस्तुको बहादुरगन्जमा आयोजित कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् ।

विज्ञापन

मंगलप्रसाद गुप्ताले अहिलेसम्म पाँचवटा दल परिवर्तन गरिसकेको तथ्य फेला परेको छ भने उनी पाँचै पल्ट हारेका व्यक्ति हुन् । पार्टी चाहार्ने उनलाई बानी नै परिसकेको नेताहरूले बताएका छन् ।

विज्ञापन

मंगलबार भव्य कार्यक्रम आयोजना गरेर उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए । ओलीले भव्य स्वागत गरेपछि एमालेमै उनीबारे चर्चा चल्न थालेको छ ।

पञ्चायती व्यवस्थाबाट राजनीति सुरु गरेका ७२ वर्षीय गुप्ता ०४७ मा कांग्रेस प्रवेश गरेका थिए । ०४८ र ०५६ को संसदीय निर्वाचनमा कांग्रेसबाट निर्वाचन लडेका उनी पराजित भएका थिए । त्यसपछि उनी तत्कालीन तमलोपा प्रवेश गरे ।

०७० मा तमलोपाबाट संसदीय निर्वाचनमा उठेका उनी पराजित भए । त्यसपछि मधेसी जनअधिकार फोरममा प्रवेश गरे । ०७४ मा फोरमबाट संसदीय निर्वाचनमा उठेका उनी फेरि पराजित भए ।

०३८ र ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचन लडेका उनी त्यतिबेला पनि पराजित भएका थिए । उनको अहिलेसम्मको उपल्लो पद पञ्चायत नीति तथा जाँचबुझ समिति सदस्य हो ।

त्यस्ता व्यक्तिलाई जसपाको प्रभावशाली नेता भन्दै ओलीले एमालेमा स्वागत गरेका छन् । त्यतिमात्र होइन उनलाई स्वागत गर्न एमालेले निकै तामझामसहितको कार्यक्रम गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस