मङ्लबार, पुस २, २०८१
  • होमपेज
  • समाचार
  • ओलीले लुकाएका गोप्य सम्झौताहरू खोजी हुँदै, बालकोटमा भुइँचालो
समाचार

ओलीले लुकाएका गोप्य सम्झौताहरू खोजी हुँदै, बालकोटमा भुइँचालो

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले तत्कालीन केपी शर्मा ओलीको सरकारले अमेरिकी सहायता परियोजना (एमसीसी)सम्बन्धी कतिपय दस्तावेजहरू लुकाएको आरोप लगाएका छन् ।

आइतवार सत्ता गठबन्धनले एमसीसी अध्ययन गर्न गठन गरेको समितिका संयोजकसमेत रहेका खनालले ओली सरकारले कतिपय दस्तावेजहरू अध्ययन गर्नै नदिएको आरोप लगाए ।

विज्ञापन

खनाललगायतको टिमले गोप्य दस्तावेजहरू खोज्न सुरू गरेपछि ओली निवास बालकोट तरंगित बनेको छ । ओलीले यसबारे आफूनिकट नेताहरूलाई सरकारको निर्देशनमा यस्तो भैरहेको बताएका थिए ।

विज्ञापन

२०७६ माघमा बसेको तत्कालीन नेकपाको केन्द्रीय कमिटी बैठकले पनि एमसीसी अध्ययनका लागि खनालकै नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । त्यतिबेलाको सरकारले एमसीसी अधययनका लागि चाहिने पर्याप्त दस्तावेजहरू कार्यदललाई दिइएको थिएन ।

त्यही प्रसंगलाई स्मरण गर्दै खनालले ओलीले दस्तावेजहरू लुकाएको बताएका हुन् । ‘त्यतिबेला हामीलाई ओली सरकारले सबै डकुमेन्ट दिएन, लुकायो,’ खनालले भने, ‘अब ती सबै डकुमेन्टहरू खोज्छौं र सरकारलाई सुझाव दिन्छौं ।’

उनले नेपाल सरकार र अमेरिकी सरकारबीच भएका अन्य कतिपय सम्झौताहरू तत्कालीन ओली सरकारले लुकाएको तर सरकारी रेकर्डमा भने हुन सक्ने बताए ।

‘सरकारी रेकर्डमा ती डकुमेन्टहरू होलान्,’ खनालले भने, ‘पाइएका डकुमेन्टहरू हेरेर थप नयाँ धारणा बनाउने हो । नत्र त २०७७ को वैशाखमै हामीले तत्कालीन सरकारलाई प्रतिवेदन नै दिएका छौं । त्यही अनुसार अहिले पनि प्रतिवेदन बनाउँछौं ।’

आइतवार सर्वदलीय बैठकले खनालको नेतृत्वमा कांग्रेसबाट मन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ रहेको एक समिति बनाएको थियो । समितिले केही दिनमा सरकारलाई सुझाव प्रतिवेदन दिनेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस