शनिबार, भदौ २०, २०८२
  • होमपेज
  • समाचार
  • नेपालको खेत बाझो राखेर भारतलाई पानी दिन सकिँदैनः ओली
समाचार

नेपालको खेत बाझो राखेर भारतलाई पानी दिन सकिँदैनः ओली

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेत बाझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन्।

विज्ञापन

यता नेपालतर्फ बाझो जमिन छ, उता भारततर्फ खेती भइरहेको छ यो कदापी हुँदैन, ओलीले भने।

विज्ञापन

कपिलवस्तुको बहादुरगंजमा मंगलबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सिँचाइका योजना सुरू हुन लागिरहेकोले कपिलवस्तु जिल्लाले अब विकास चाहेको बताए।

कपिलवस्तुमा कृषि सिँचाइको लागि अब नौमुरे योजना छिट्टै सुरू हुन्छ,अध्यक्ष ओलीले भने।

ओलीले कपिलवस्तुलाई औद्योगिक सहर बनाउने योजनाका साथ काम अघि बढाइने र हुलाकी राजमार्ग निर्माणका लागि विशेष ध्यान दिने बताए।

एमालेसँग मात्र देश बनाउने नीति भएको दाबी गर्दै उनले बेसहारा, अभिभावकविहीनको पार्टी नेकपा एमालेमात्र भएको बताए।

एमालेले बेसहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको उनको भनाइ छ।

जेष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि एमाले सरकारको पालामा औषधि उपचारको व्यवस्था गरेको उनले दाबी गरे।

अध्यक्ष ओलीले आफ्नो कार्यकालमा भारतसँग सुमधुर सम्बन्ध स्थापित गरेको बताए।

जनता समाजवादी पार्टीका नेता मंगलप्रसाद गुप्तालाई एमालेमा स्वागत गर्दै ओलीले एमाले गरिब दुस्खीको पार्टी भएकोले एमालेमा प्रवेश गर्नेको जनलहर बढेको बताए।

आफू ७० वर्षको हुन लागे पनि दैनिक १८ घन्टा पार्टी काममा खटिएको उल्लेख गर्दै पार्टी संगठनका लागि आफूजस्तै खटिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे।

कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलले आफूहरू जनतासँग नडराएकोले चुनाव चाहे पनि वर्तमान सरकार चुनावदेखि डराएको बताए।

हामी जनताबाट डराएका छैनौं, त्यसैले हामी चुनाव चाहन्छौं, तर देउवा सरकार चुनावबाट डराएको छ, उनले भने।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य गुप्ताले लुम्बिनी प्रदेशलाई एमालेमय बनाउने दाबी गरे।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस