काठमाडौं ।
सत्ता गठबन्धन दलले अवरुद्ध हुँदै आएको संसद खुलाउनका लागि एमालेसँग वार्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ ।
विज्ञापन
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक अगाडि बसेको सत्तारूढ दलको बैठकले एमालेलाई सहमतिमा ल्याउने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको हो ।
विज्ञापन
संसदको गतिरोध अन्त्य गर्न तथा एमसीसी परियोजनाबारे भएको छलफलका क्रममा देउवालाई सो जिम्मेवारी दिइएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए ।
सत्ता गठबन्धन दलको बैठकमा देउवाले एमसीसी परियोजना छिटो अगाडि बढाउन जोड गरेपनि दलहरूले परिमार्जन बिना अगाडि बढाउन नसकिने धारणा राखेका थिए ।
यस्तै सर्वदलीय बैठकमा भने देउवाले एमसीसी र संसदको अवरोध हटाउने बारे अन्य राजनीतिक दलहरूको धारणा सुनेका थिए । सर्वदलीय बैठकमा नेकपा एमाले बाहेकका दलहरू सहभागी थिए ।
फेसबुक प्रतिक्रियाहरु