काठमाडाैं।
सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौता संसद बैठकमा पेश नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
विज्ञापन
सत्तारुढ गठबन्धनको आजको बैठकमा प्रचण्डले आफ्नो पार्टीको राष्ट्रिय सम्मेलन अगाडि संसदमा एमसीसी प्रस्ताव पेश नगर्न आग्रह गरेका हुन् । स्राेतका अनुसार पार्टीको राष्ट्रिय सम्मेलनअघि संसद बैठकमा एमसीसी प्रस्ताव पेश नहुने प्रचण्डको धारणा रहेको छ।
विज्ञापन
प्रधानमन्त्री देउवा माओवादी प्रचण्डको प्रस्तावमा सकारात्मक रहेको माओवादीका एक नेताले जनाएका छन् । प्रधानमन्त्रीसमक्ष एक चरण कुरा भए पनि थप छलफल सर्वदलीय बैठकमा हुने उनको भनाइ छ । एमसीसीलाई यथास्थितिमा स्वीकार्न नसकिने माओवादी केन्द्रले बताउँदै आएकाे छ।
माओवादी केन्द्रले पुसको ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।
फेसबुक प्रतिक्रियाहरु