बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • समाचार
  • कांग्रेस सभापतिमा हारेका कोइरालाले गरे यस्तो घोषणा, युवाहरु तनाबमा
समाचार

कांग्रेस सभापतिमा हारेका कोइरालाले गरे यस्तो घोषणा, युवाहरु तनाबमा

काठमाडौं ।

कांग्रेसको सभापति पदमा पराजित भएका नेता शेखर कोइरालाले पार्टीमा गुट चलाउने घोषणा गरेका छन् ।

विज्ञापन

१४औँ महाधिवेशनमा गुट र भागबण्डाको राजनीति अन्त्य गर्ने भनेर सभापति पदमा मत मागेका कोइरालाले गुट चलाउने जनाएका हुन् ।

विज्ञापन

सभापतिमा पराजित भएको एक हप्ता नपुग्दै कोइरालाले गुट चलाउने भनेर घोषणा गरेका हुन् । गुट चलाएपछि भागबण्डामा बागर्नेनिङ गर्ने कोइरालाले संकेत गरेका छन् ।

‘मैले गुट चलाउनु पर्यो नि ? मैले भोलि हाम्रा युवाहरूलाई अगाडि ल्याउनको लागि पनि मैले गुट बनाएर हिँड्नु पर्‍यो’, इमेज टेलिभिजनमा अन्तर्वार्ताका क्रममा उनले भनेका छन् ।

‘माग्नु पर्दैन । स्थानीय तह, प्रदेश केन्द्रमा लायक रहेका साथीहरू हुनु होला । तिनले टिकट पाउँछ कि पाउँदैन ? कि धनाढ्यहरूले मात्रै टिकट पाउँछन् ? त्यो हेर्न जरुरी छ अब’, कोइरालाले भनेका छन् ।

गगन थापाका कारण युवाहरूले कोइरालालाई सभापतिमा समर्थन गरेका थिए । तर, कोइरालाको गुट चलाउने घोषणाले युवाहरू निराश भएका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस