काठमाडौं ।
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएको खुसी व्यक्त गरेकी छन् ।
विज्ञापन
थापा र शर्माको जित नेपाली राजनीतिमा पुस्तान्तरणका लागि जबर्जस्त दबाब भएको भन्दै यसले कांग्रेसका लागि ठूलो अवसर भएको पनि बताएकी छन् ।
विज्ञापन
एकीकृत समाजवादीकी सचिवसमेत रहेकी सहरी विकासमन्त्री झाँक्रीले थापा र शर्माको जित हामी सबैका लागि अवसर र चुनौती भएको उनको भनाइ छ ।
उनले नेता थापा र शर्मालाई बधाई पनि दिएकी छन् । ‘हार्दिक बधाई मित्र गगनकुमार थापा र दाइ विश्वप्रकाश शर्मालाई । यहाँहरूको जित नेपाली राजनीतिमा पुस्तान्तरणको लागि जबर्जस्त दबाब हो। यसको सन्देश मुलुक, समाज र राष्ट्र सबैको दायित्व अब युवाहरूले बोक्नुपर्छ भन्ने हो। हामी सबैको लागि अवसर र चुनौती दुवै हो,’ झाँक्रीले भनेकी छन् ।
नेपालमा गणतन्त्रको नारा लगाउनेमा गगन थापा र रामकुमारी झाँक्री अग्रपंक्तिमा पर्छन् ।
फेसबुक प्रतिक्रियाहरु