बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • समाचार
  • केपी ओलीले सिंगो एमालेलाई पागल बाटोमा हिँडाए : झलनाथ खनाल
समाचार

केपी ओलीले सिंगो एमालेलाई पागल बाटोमा हिँडाए : झलनाथ खनाल

काठमाडौं ।

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले संसद्म ५ दलीय गठबन्धनकाे बहुमत रहुन्जेल प्रधानमन्त्री शेरबहादुर देउवालाई कसैबाट खतरा नरहेकाे बताएका छन् । पत्रकारसँग विशेष कुराकानी गर्दै नेता खनालले भने, “एमसीसी पास नगर्दैमा देउवालाई कुनै खतरा छैन । ५ दलीय गठबन्धनसँग बहुमत छँदै छ नि । उहाँलाई मनकाे बाघले खायाे हाेला । वनकाे बाघले खान सक्दैन ।”

विज्ञापन

पूर्व प्रधानमन्त्री खनालले एमसीसीलाई लिएर गठबन्धनमा मतभिन्नता भएकाले यथास्थितिमा पारित गर्नु नहुने बताए । उनले थपे, “गठबन्धनमा मतैक्यता नभएका विषयलाई थाती राख्नुपर्छ । एमसीसी लगायत विवादास्पद विषयलाई अघि बढाउन खाेज्दा गठबन्धन विराेधीलाई फाइदा पुग्छ ।” प्रधानमन्त्री देउवाले शक्तिराष्ट्रकाे दबाब र प्रभावमा काम गर्न नहुनेमा पनि जाेड दिए ।

विज्ञापन

उनले भने, “देशकाे सार्वभौम सत्ताभन्दा ट्रान्समिसन लाइन र सडक ठूलाे हुन्छ ? यस विषयमा म आठ घण्टा बहस गर्न तयार छु । संसद् खुल्याे भने एमसीसीबारे मैले चार घण्टा बाेल्न पाउनुपर्छ ।” संसद्लाई बन्धक बनाएर केपी ओली पागल प्रलाप गरिरहेकाे आराेप पनि उनले लगाए । उनले भने, “सर्वदलीय बैठकमा नजाने, संसद् अवराेध गर्ने केपी ओली हाम्राविरुद्ध अनर्गल पागल प्रलाप गरिरहेका छन् । पार्टीलाई पुँजीवाद पन्थी र दक्षिणपन्थी आहालमा डुबाएका छन् । सिंगाे एमालेलाई पागल बाटाेमा हिँडाएका छन् ।”

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस