काठमाडौं ।
नेकपा (एमाले)ले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई बोलाएको कुनैपनि बैठकमा नजाने भन्दै सर्वदलिय बैठकमा पनि नजाने निर्णय गरेको छ ।
विज्ञापन
संसदमा प्रमुख प्रतिपक्षी दलसमेत रहेको एमालेले आजको सर्वदलिय बैठकमा सहभागी नहुने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि सर्वदलिय बैठक बोलाउनु भएको छ । तर एमालेले भने माधव नेपाल सहभागी भएको बैठकमा नजाने बताइसकेको छ ।
विज्ञापन
उक्त सम्बन्धमा एमाले महासचिव शंकर पोखरेलले भनेका छन्, ‘एमालेले मान्यता नदिएका दलहरू उपस्थित हुने बैठकमा हामी सहभागी हुँदैनौँ। सर्वदलीय बैठकमा को–को उपस्थित हुन्छन् भन्ने कुराले हामी उपस्थित हुने र नहुने भन्ने भर पर्छ । हामीले मान्यता नदिएका नगरेकाहरूलाई बोलाए त हामी कसरी उपस्थित हुने ?’
सरकारले एमसीसी बारे साझा धारणा बनाउन सर्वदलिय बैठक आह्वान गरेको हो । एमालेको अवरोधका कारण संसदसमेत चल्न सकेको छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुष ६ गतेका लागि संसद बैठक आह्वान गर्नुभएको छ । एमालेलले यसअघिको सर्वदलिय बैठकमा पनि सहभागीता जनाएको थिएन ।
फेसबुक प्रतिक्रियाहरु