मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • मुलुकको सामाजिक विकास र समृद्धिका लागि संस्कृतिहरुको पनि ठूलो योगदान छ : प्रचण्ड
समाचार

मुलुकको सामाजिक विकास र समृद्धिका लागि संस्कृतिहरुको पनि ठूलो योगदान छ : प्रचण्ड

काठमाडौं।

नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हि पर्वको अवसरमा शुभकामना दिएका छन्।

विज्ञापन

आइतबार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली किरात र ज्यापू समुदायलाई शुभकामना दिएका हुन्।

विज्ञापन

‛हरेक नेपालीको पहिचान भनेको उसको परम्परागत संस्कृति हो । यही सांस्कृतिक विविधतासहितको सहिष्णुता नै नेपाली समाजको एकता हो,‛ शुभकामना सन्देशमा उल्लेख गरिएको छ।

नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको अध्यक्ष प्रचण्डको भनाई छ।

‛सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ हुन्छ। समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नती हो,‛ शुभकामना सन्देशमा उल्लेख गरिएको छ।

मुलुकको सामाजिक विकास र समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको उनको भनाई छ। उनले भनेका छन्,‛यी पर्वहरुले सम्पूर्ण नेपाली जनसमुदायमा आपसी सद्भाव र सहअस्तित्वको भावना विकास गरुन् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस