नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले लोकतान्त्रिक पद्धतिको खिल्ली उडाएको बताएका छन्।
उनले सभामुखका कारण संसद नौटङ्कीको थलो भएको पनि आरोप लगाएका छन्।
विज्ञापन
एमालेनिकट नेपाल राष्ट्रिय वाणिज्य संघको महाधिवेशन कार्यक्रमलाई शनिबार सम्बोधनका क्रममा पौडेलले पाँच दलीय गठबन्धनले देशलाई बन्धक बनाएको पनि आरोप लगाए।
विज्ञापन
उनले अवरुद्ध संसद सञ्चालन गर्न नसकेर सभामुखले नौटङ्कीस्थल बनाएको आरोप पनि लगाए।
‘सभामुखले दम्भ नत्यागेसम्म व्यवस्थापिका चल्न सक्दैन’, उनले भने, ‘सभामुखले तटस्थ र निष्पक्ष भूमिका देखाउन सकुन्।’
पौडेलले पछिल्लो समय सयम न्यायपालिकाको विश्वास गुम्दै गएको पनि बताए। ‘न्यायपालिकाप्रतिको विश्वास गुम्दै गएको छ। कार्यपालिकाले बजेट कार्यन्वय गर्न सकेको छैन’, उनले भने, ‘सभामुखले संसद सञ्चालन गर्न नसक्नुले नेपाली जनताप्रति सत्ता गठबन्धनको विश्वास गुमेको छ।’
एमाले नेतृत्वको सरकार हुँदा देशको अर्थतन्त्र बचाउने र जनताले देख्ने गरी काम भएको उनले दाबी गरे।
‘एमालेले सरकारको नेतृत्व गर्दा कठोर प्रहार भए पनि अर्थतन्त्रलाई बचाउन जनताले देख्ने गरी काम भएका थिए’, उनले भने, ‘गठबन्धनको असफलताबारे अबको निर्वाचनमा जनताले मार्क गरिसकेका छन्।’
फेसबुक प्रतिक्रियाहरु